Logo

किन समातिए ब्राजिलका भगौडा सेलेब्रिटी डाक्टर ‘बमबम’



काठमाडौँ,४ साउन । ब्राजिलमा निकै ख्याति कमाएका सेलेब्रिटी प्लास्टिक सर्जन डा डेनिस फुर्टाडो आफूकहाँ आएकी एक महिलाको शल्यक्रियाको क्रममा मृत्यु भएको चार दिनपछि पक्राउ परेका छन्।

उनको घरमा लिलियन कालिक्स्टो नाम गरेकी एक महिला नितम्ब अर्थात कम्मर मुनिको पृष्ठ भागको आकार बढाउन शनिवार आएकी थिइन्। डा फुर्टाडोले एक इन्जेक्सन दिएपछि लिलियन कालिक्स्टो गम्भीर बिरामी भएकी थिइन्।


त्यसपछि फुर्टाडोले उनलाई अस्पताल लगेको प्रहरीको भनाइ छ तर अस्वभाविक रूपमा मुटुको चाल बढेको पाइएकी कालिक्स्टोको उपचारको क्रममा मृत्यु भएको थियो।४६ वर्षिया कालिक्स्टो दुई बच्चाकी आमा भएको बताइएको छ। उनको मृत्यु भएपछि फुर्टाडो भागिरहेका थिए।

डाक्टर बमबम नामले चिनिने फुर्टाडो ब्रजिलको टेलिभिजनमा नियमित देखिने अनुहार हुन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनलाई करिब ६ लाख ५० हजार व्यक्तिले पछ्याइरहेका छन्।उनलाई गोप्य सुराकीका आधारमा प्रहरीले रियो महानगरबाट पक्राउ गरेको हो।

आफू पक्राउ परेपछि सामाजिक सञ्जालमा राखिएको एक भिडिओमा ४५ वर्षिय फुर्टाडोले पछिल्लो घटना एक ठूलो दुर्घटना भएको उल्लेख गर्दै आफूले त्यसअघि ९,००० जनाको सफलतापूर्वक शल्यक्रिया गरिसकेको बताएका छन्। त्यस्तो शल्यक्रिया ब्राजिलमा गैरकानुनी नभएको उनले बताएका छन्।

प्रहरीले उनीविरूद्ध हत्याको अभियोग लगाउने भएको छ। नितम्बको आकार बढाउने शल्यक्रियाको क्रममा उनले ती महिलालाई एक्रिलिक ग्लास फिलरको इन्जेक्सन दिएको अनुमान गरिएको छ।शल्यक्रियाका क्रममा सहयोग गरेको अभियोगमा डा फुर्टाडोकी प्रेमिकालाई पनि प्रहरीले पक्राउ गरेको छ।बीबीसी



प्रतिक्रिया दिनुहोस्