Logo

डा.केसीद्वारा स्वास्थ्य सुविधा लिन अस्विकार, स्वास्थ्य स्थिति जटिल बन्दै



काठमाडौं, ५ साउन । सरकारले जबर्जस्ति अपहरणको शैलिमा आफुलाइ काठमाडौ लिएर आएको भन्दै , डा.केसीले यहाँ उपलब्ध कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा लिन अस्विकार गर्नुभएको छ ।

कर्णालीमा रहदै देखि मुटुको चालमा गम्भीर गढबाढी देखिएको थियो तर डा.केसीको यस अडानका बिच इसिजी गरेर मुटुको अवस्था बारे जानकारी लिन सकिएको छैन ।

रगतमा घटेका पोटासियम, म्यागनेजियम, क्यालसियम लगायतका इलेक्ट्रोलाइट्सको वर्तमान अवस्था के छ , त्यो पनि थाह पाउन सकिएको छैन । अरु त अरु डा।केसीले सामान्य रक्तचाप पनि परिक्षण गर्न पनि अस्विकार गर्नुभएको छ ।

काठमाडौ आएकै दिन मुटुको अवस्था बारे जाँच गरि डा।केसीलाइ सिसियुमा लाने तयारी थियो तर जाँच गर्न नै अस्विकार गरेका कारण केसीका शरीर भित्र के कस्ता परिवर्तन भइरहेका छन् , यसै भन्न सकिने अवस्था छैन ।

हिजो डा।केसीलाइ भेट गर्न आएका कसैसँग पनि उहाँले दोहोरो संवाद गर्न सक्नु भएन । डा।केसीले अत्यन्त सम्मान गर्ने केदार भक्त माथेमासँग पनि उहाँ बोल्न सक्नु भएन । पुर्व प्रधानमन्त्री शेर बहादुर देउवासँग पनि हातको इसाराले मात्र कुरा भयो । यसले उहाँको स्वास्थ्यमा थप जटिलता थपिएको प्रष्ट हुन्छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घटेको घटना पश्चात् उहाँ विक्षिप्त रहँदै आउनु भएको छ । सरकार डा.केसीलाइ सुविधासम्पन्न ठाउँमा ल्याएको भनेर ढुक्क बसिरहेको अवस्थामा , डा।केसीको पछिल्लो अडानका कारण काठमाडौ आएरै पनि स्वास्थ्यमा देखिएका गम्भीर समस्याहरुको थप केही समाधानहरु गरिएको छैन ।

डा।केसीको भनाइ छ, आखिर म अनशमा थिएँ, जे यहाँ गरिन्छ त्यो कर्णालीमा पनि भइ नै रहेको थियो।ू स्वास्थ्य उपचार गर्ने बहानामा आफुलाइ त्यहाँबाट उठाएर सम्पुर्ण अभियानलाई नै तुहाउन खोजेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्