काठमाडौ, साउन ५ । सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरेलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ। सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएपछि हिंसात्मक घटनामा धेरै समयपछि इजरेली सेनाको ज्यान गएको थियो।
गाजाका अधिकारीहरूका अनुसार इजरेली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु समूहका सदस्य रहेका बताईएको छ । प्रदर्शनका क्रममा चौथो प्यालेस्टिनी नागरिक मारिएको अधिकारीहरूले बताएका छन्। गाजामाथि नियन्त्रण राखिआएको हमास समूहले इजरेलसँग एउटा युद्धविराममा सहमति भएको जनाएको छ।
हमासका प्रवक्ता फाव्जी बरहौमले समाचार संस्था रोयटर्सलाई भने, इजिप्ट र संयुक्त राष्ट्रसंघको पहलमा इजरेली र प्यालेस्टिनी समूहहरूबीच शान्तिताकाको समयमा फर्कने सहमति भएको छ तर युद्धविराम सहमतिबारे इजरेलले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन।
यो पनि पढ्नुहोस्
किन समातिए ब्राजिलका भगौडा सेलेब्रिटी डाक्टर ‘बमबम’
हत्या, हिँन्सा र बलातकारको कानुन नलाग्ने त्यो शहर
भ्लादिमिर पुटिनलाई डोनाल्ड ट्रम्पको अमेरीका भ्रमणको निम्ता
उत्तरी गाजा पट्टीस्थित हमासका १५ वटा सैन्य अखडा र खान युनिसस्थित थप २५ वटालाई निशाना बनाइएको इजरेली सेनाले जनाएको छ।इजरेल र गाजाको सीमामा शुक्रवार पारेर प्यालेस्टिनीहरूले अर्को प्रदर्शन थालेपछि इजरेलले पछिल्लो हमला गरेको थियो ।
प्यालेस्टिनी लडाकुहरूबाट इजरेली भूभागमा तीनवटा क्षेप्यास्त्र प्रहार गरिएको त्यहाँको सेनाले जनाएको छ। इजरेलले गत हप्ता सन् २०१४ मा भएको युद्धयता पहिलो पटक हमासविरुद्ध ठूलो आक्रमण गरेको थियो।
गाजा पट्टीबाट २०० भन्दा बढी रकेट तथा मोर्टार प्रहार गरेपछि इजरेली सेनाले भीषण हमला थालेको बताईएको छ।बीबीसी