जनकपुरधाम, ५ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा गोविन्द केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गरिने बताएका छन ।
जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षासम्बन्धी विधेयकमा डा केसीको मागअनुरूप के गर्न सकिन्छ भन्ने सन्दर्भमा गृहकार्य भइरहेको बताएका हुन।
गृहमन्त्री थापाले संघीय प्रहरी ऐन निर्माणपछि मात्र प्रदेश प्रहरी ऐनको प्रक्रिया अगाडि बढ्ने स्पष्ट पारेका छन। सीमासम्बन्धी देखिएका जटिलतालाई आपसी सहमतिका आधारमा समाधान गरिने बताउँदै उनले सम्झौताको पुनरावलोकन पनि अपरिहार्य भइसकेको धारणा राखेका थिए ।
गृहमन्त्री थापाले सरकारी ठेक्का लिइ काम नगर्ने ठेकेदारलाई कारबाही गरिने चेतावनी पनि दिएका छन । उनले पार्टी एकीकरणको प्रत्याभूतिको कार्य अब स्थानीय तहमा पनि तीव्र गरिनेछ भनेका छन। रासस