Logo

बलिउडले सोचेको हैन चोरेका ‘आईडिया’



काठमाडौँ, ६ साउन । बलिउड फिल्महरुमा ‘स्टाइल,स्क्रिप्ट र म्युजिक’ जस्ताकुराहरु  तोडमोड गरेर प्रर्दशनमा ल्याउने चलन पहिलेदेखीनै चलिआएको थियो । हलिउड फिल्मबाट चोरी हुदै आएका त्यस्ता वस्तुहरुमा नयाँ अब पोस्टरपनि थपिन गैरहेको छ । फिल्म निर्माताहरु फिल्मका पोस्टरहरुमा हलिउड फिल्मबाट प्रभावित हुन गैरहेका छन । आज यहाँ केहि त्यस्ता फिल्मका पोस्टरका बारेमा जानकारी गराउन गैरहेका छौ जो हलिउड फिल्मबाट हुवहु चोरेका थिए ।

२०१० मा आएको फिल्म अंजाना अंजानीको यो पोस्टरलाई २००९ मा आएको एजुकेशनबाट चोरेका थिए ।

च्कलेटि अनुहार मानिएका अभिनेता वरुण धवनको फिल्म बदलापुरको पोस्टरलाई पनि चोरेरै प्रकाशन गरिएको थियो । जानकारीका अनुुसार २०१०मा आएको फिल्म इंसेप्सनबाट यसलाई चोरीगरिएको मानिएको छ ।बलिउड फिल्म बदलापुर २०१५ मा प्रर्दशनमा आएको थियो ।

बलिउड अभिनेत्री बिपाशा बसु र पाकिस्थनी अभिनेता इमरा अब्बास मुख्य भुमिकामा रहेको फिल्म जीपर–क्रिपर बाट चोरीएको थियो । स्रोतका अनुसारे फिल्म जिपर–क्रिपर २००२ मा प्रर्दशनमा आएको थियो भने बलिउडमा फिल क्रिएचर २०१४मा प्रर्दशनमा आएको थियो ।

अन्तिममा फिल्म फैंटमको कुरागर्नुपर्दा यो फिल्म २०१५मा प्रर्दशनमा आएको हो । शैफअलि खान अभिनीत यो फिल्मले २०१५ मा चर्चा बटुलि सकेको छ । यो फिल्मले २०१३ मा हलिउड फिल्म होमफ्रंटको नक्कल गर्दे आफ्नो पोस्टर सार्वजनिक गरेको थियो ।एजेन्सि



प्रतिक्रिया दिनुहोस्