Logo

जापानमा गर्मीका कारण ३० जनाको मृत्यु



काठमाडौँ,६ साउन । जापानमा अत्यधिक गर्मीका कारण करिब ३० जनाको ज्यान गएपछि देशभर मानिसहरूलाई सावधान हुन सुचना जार्वजनिक गरिएको छ ।

गर्मीसँग जोडिएका स्वास्थ्यसमस्याको उपचार गराउन हजारौं मानिसहरू अस्पताल पुगेका छन्।यो साताको सुरुमा मध्य जापानमा तापक्रम ४०।७ग्री सेल्सियससम्म पुगेको थियो, जुन पाँच वर्ष यताकै उच्च मानिएको छ ।

क्योतो शहरमा लगातार ७ दिनसम्म तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि रहेको जनाईएको छ। जसलाई उन्नाइसौं शताब्दीमा तापक्रमको रेकर्ड राख्न थालिए यता कै यो पहिलो त्यस्तो घटना थियो।

यो पनि पढ्नुहोस्

जापानबाट आएर चाँगुनारायणमा बृक्षारोपण

जापानमा बाढीपहिरोका कारण कम्तीमा ५७ जनाको ज्यान गयो

जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

जापानको शिक्षा मन्त्रालयले स्कूलहरूलाई उच्च गर्मीबाट जोगिन सक्दो उपाय अपनाउन भनेको छ। मंगलवार आइची प्रिफेक्चरमा बाहिरी कक्षामा राखिएका कारण एक छ वर्षिय बालकको ज्यान गएको थियो।

यसै महिनाको सुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले जापानमा दुई सयभन्दा धेरैको ज्यान गएको थियो।ऐजेन्सि



प्रतिक्रिया दिनुहोस्