Logo

जसलाई आफ्नो शरीरमा गलत आत्मा भएको महसुस हुने गर्दथ्यो



काठमाडौँ,६ साउन । यहाँका अधिकांश तेस्रो लिङ्गी न धेरै पढेलेखेका हुन्छन् न उनीहरूसँग राम्रो जागिर नै हुन्छ। जसका कारण उनीहरू रेलमा भीख माग्न वा यौनकर्मी बन्न बाध्य हुन्छन्।भारतको असममा पहिलो तेस्रो लिङ्गी न्यायाधीशको रुपमा नियुक्त स्वाति विधान बरुवा यति कुरा भनेपछि एकछिन रोकिन्।

उनले थपिन्, यति गरेर पनि कहिलेकाहीँ तेस्रो लिङ्गीले पेटभरि खान पाउँदैनन्। तेस्रो लिङ्गीहरूको जीवनमा परिवर्तन नल्याएसम्म म आफ्नो संघर्ष जारी राख्नेछु।स्वाति जुलाइ १४ मा गुवाहाटी जिल्लास्थित लोक अदालतको न्यायाधीशको रुपमा नियुक्त भएकी हुन्।उक्त अदालतका २० जना न्यायाधीशहरूको सूचीमा अब स्वाति थपिएकी छन्।

उनी भारतकी तेस्रो र असमकी पहिलो तेस्रो लिङ्गी न्यायाधीश हुन्।२६ वर्षीया स्वाति न्यायाधीश नियुक्त भए पनि उनी यो उपलब्धिलाई अन्तिम सफलता मान्दिनन्।

यो पनि पढ्नुहोस्

दैनिक दर्जनौ मानिष मारिने जेरुसलेम विवादको राम काहानि

हत्या, हिँन्सा र बलातकारको कानुन नलाग्ने त्यो शहर

ब्रिटिश गोर्खा सैनिकमा महिलालाई अवसर

भारतको सर्वोच्च अदालतसम्म पुग्ने उनको सपना छ।जीवनमा कहिल्यै हार नमान्ने बताउने स्वाति भन्छिन्, सन् २०१४ मा सर्वोच्च अदालतले तेस्रो लिङ्गीहरूको पहिचान स्थापित गरेपछि उनीहरूको जिन्दगीमा परिवर्तन आउने अपेक्षा गरिएको थियो। तर त्यसो हुन सकेन।

मेरो नियुक्ति तेस्रो लिङ्गीको अधिकारको दिशामा सानो भए पनि एउटा सकारात्मक कदम हो। भविष्यमा यसले हाम्रो समुदायका मानिसहरूलाई हौसला बढाउनेछ।

उनी थप्छिन्, तेस्रो लिङ्गीको हितका लागि समाजमा एउटा यस्तो उदाहरण पेश गर्न आवश्यक छ जसबाट उनीहरूप्रतिको नकारात्मक सोच बदलियोस्।असममा तेस्रो लिङ्गीहरूले झेल्नुपरेको पछिल्लो समस्याबारे स्वाति भन्छिन्, असममा न्याशनल रजिस्टर अफ सिटिजन्सको तथ्याङ्कलाई अध्यावधिक गरिँदैछ। तर त्यसमा अधिकांश तेस्रो लिङ्गीहरूको नाम नै छैन।

प्रहरीलाई देखेरै तेस्रो लिङ्गीहरू डराउँछन्। यदि कुनै कारणले सरकारी विवरणमा उनीहरूको नाम छुट्यो भने भविष्यमा झन् समस्या होला। त्यसैले सर्वोच्च अदालतमा म रिट दायर गर्दैछु। स्वातिलाई बाल्यकालदेखि नै आफ्नो शरीरमा गलत आत्मा भएको महसुस हुने गर्दथ्यो।

उनले आफूलाई न कहिल्यै केटाको रुपमा स्वीकारिन् न त उनलाई केटीहरूले आकर्षित गरे।मनमनै उनी आफूलाई केटीको रुपमा स्वीकार्थिन्।१२ वर्षकी भएपछि मलाई लिस्पटिक लगाउन, ठूलो नङ्ग पाल्न र केटीहरू जस्तो कपडा लगाउन मन लाग्न थाल्यो। परिवारका सदस्यहरूले यसको छनक पाएपछि मलाई कुटपिट पनि गरे।

उनले थपिन्, त्यसपछि एक किसिमले म घरभित्रै कैद हुन पुगेँ। घरमा पाहुना आउँदा मलाई भेट्न दिँदैन्थे। मैले आफूलाई वास्तविक रुपमा पाउन सबैसँग लड्नुपर्‍यो।घर छाडेर एक दिन स्वाति मुम्बई पुगिन् ताकि लिङ्ग परिवर्तन गराएर उनी केटाबाट केटी बन्न सकून्।बीबीसी



प्रतिक्रिया दिनुहोस्