Logo

बद्री र गीताको स्वरमा ‘जमुना-मोतिराम’-भिडियो सहित



काठमाडौं, ६ साउन । नेपाली नारीहरुको महानचाँड हरितालिका तीज आउन झण्डै एक महिना २० दिन समय बाँकि छ । तर संगीतको डिजिटल बजारमा तीजका गीतहरुले एकक्षत्र राज जमाई सकेका छन् ।

यसै क्रममा लोकप्रिय गायक बद्री पंगेनी र गीता भट्टराईको स्वरमा ‘जमुना-मोतिराम’ बोलको सामाजिक सन्देश मुलक तीज गीत बजारमा आएको छ । लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय-शब्दमा तयार पारिएको उक्त गीतमा जनप्रतिनिधि र घरपरिवारको यर्थाततालाई उठाउन खोजिएको छ ।

यो पनि पढ्नुहोस्

बद्री पंगेनी र प्रिया भण्डारीको नयाँ ‘केमिष्ट्रि’

बद्री पंगेनीले प्रचण्डलाई भने,‘काम गर्न सक्नु भएन भने हामीलाई माक्स किनि दिनुहोला’

भारत गएर नेपाली माटोको पक्षमा गित गाएको हुँ : बद्री पंगेनी

गीतमा गत वर्ष सम्पन्न निर्वाचनमा देख्न र भोग्न पाइएको कथावस्तुलाई दृश्यहरुमार्फत कलाकाहरुले देखाउन खोजेका छन् । श्रीमती जनप्रतिनिधि र श्रीमानले घरको काम धान्ने गरेको स्थिति गीतको दृश्यहरुमा देख्न पाईन्छ ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशनमा तयारी पारिएको गीतमा गीता भट्टराई र पुरुषोतम भण्डारीको अभिनय रहेको छ । सुरेश श्रेष्ठले छायांकन गरेका हुन भने प्रकाश धमलाले सम्पादन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्