Logo

घरेलु हिंसा र श्रीमान तथा प्रेमिको पिटाई भोगेका बलिउडका १० नायिकाहरु



 

काठमाडौ,७ साउन । घरेलु हिंसा र श्रीमान तथा प्रेमिको पिटाई केवल साधारण केटिले मात्र होइन कि बलिउडकी मसुर नाईकाले पनि धेरैचाटि देखीसकेका छिन् । समाजले महिला माथि हुने हिंसा र बलत्कारका घटनाको बारेमा बिभिन्न सचेतना मुलक जनचेतना पनि फैलाई रहेपनि यस्ता घटनाहरु कम हुने नाम नैै लिईरहेका छैनन । यस्तै कुरा गर्नृृपर्दा यहाँ दश बलिउड नाईकाको बारेमा जानकारि गराउन गैरहेका छौ जो आफ्ना बाटै अत्याचारका सिकार भएकी थिईन ।

हिंसा सहने अभिनेत्रीहरुमा सबैभन्दा पहिलो नाम हो डिम्पल गर्ल अभिनेत्री प्रीति जेन्टा । २००५ सालमा प्रीटिले नेस वाडियासंग डेट गरेकि थिइन् । नेस वाडिया आईपिएलमा किङ्स इलेवन पन्जावका अनर रहेका थिए । खासमा कुरा के छ भने यि दुईबिच बिवाद तब बढेको थियो जब वाडियाले कुनै पार्टीको सिलसिलामा सार्वजनिक रुपमै प्रीटि जेन्टालाई थप्पड मारेका थिए । त्यसपछि यि दुई भिन्न–भिन्नै बस्न सुरुगरेका थिए । यो घटनालाई लिएर प्रीतिले प्रहरीलाई लिखित निवेदन पनि दिएकि थिईन ।


२००३ मा अर्की अभिनेत्री करिश्मा कपुरले ब्यापारी संजय कपुरसंग बिवाह गरेकि थिईन । बिवाहको लगभग एक दशक पछि उनले आफ्नो बिवाहमा पूर्णविराम लगाउदै सम्बन्ध विक्षेद गरेकी थिईन ।


बलिउडकी क्वीन कंगना रनौत अभिनेता आदित्य पंचौलीको बारेमा धरैनै चर्चा परिचर्चा भएका थिए । कंगनालेपनि आदित्यको बारेमा उनले धरै दुष्कर्महरु गरेका सामाचारहरु बलिउडमा निकै छाएका थिए । यो विषयलाई लिएर कंगनाले आदित्यको बिरुद्ध प्रहरीमा मुद्धा चलाएकी थिईन ।

बलिउडका सबैभन्दा चर्चीत जोडीमा ऐश्वर्या राए र सलमान खान रहिसकेका छन। उनिहरुको प्रेम र कलहले समाचारमा राम्र्र्रै हलचल मच्चाएको थियो । यसै सिलसिलामा ऐश्वर्याले सलमानको उपद्रको ब्यवहारलाई लिएर उनिसंगको सम्बन्धलाई तोडिदिएकि पनि सलमानले उनको पिछा छोडेनन् । सामाचारमा आए अनुसार उनले ऐश्वर्यालाई धम्कीपनि दिएका थिए । यसै सम्बन्धलाई लिएर एश्वर्याले आफ्ना आमा–ब्बासंग मिलेर प्रहरीमा उजुरी समेत गरेकी थिईन ।

पुराना जमानाकी अभिनेत्री जीनत अमानपनि यो घटनाबाट पिडीत भैसकेकी नाईकामध्येमा पर्छिन ।जानकारी अनुसार संजय खान उनका पहिला श्रीमान रहेका थिए तर उनिहरुको जिवन खासै राम्रो चल्न सकेन । उनका पतिले उनलाई बिभिन्न बाहानामा प्रेसर दिईरहेका हुन्थे । पहिला श्रीमानसंगको सम्बन्ध बिक्षेदपछि उनले मजहार खानसंग दोस्रो बिबाह गरेकि थिईन तर दोस्रो बिबाहपनि उनको जिवनमा सुखमय बन्न सकेन्।


टेलिभिजनको संसारमा रानीको टाईटल पाईसकेकी नाइका श्वेता तिवारीसंग उनका पहिलेका श्रीमान राजा चौधरीले धेरै प्रकारका मानसिक तथा शारिरिक शोसण गरेका थिए । राजाले कयौचोटि नशाको सुरमा आफ्नी श्रीमतीलाई नोकसान पुर्याएका थिए । दुबैले १९९८ मा बिबाह गरेका थिए र २०१२ मा आएर दुबैबिच बढदौ बैमनस्यतालाई सम्बन्ध तोड्नुमानै राम्रो माने र छुट्टिएका थिए । केहि वर्ष पछि गएर श्वेताले अभिनव कोहलिसंग बिबाह गरेकि थिईन् ।

यो पनि पढ्नुहोस्

बलिउडले सोचेको हैन चोरेका ‘आईडिया’

बिवाहनै नगरि आमा बनेकी बलिउड नायिकाको चर्चा

बलिउडका कलाकारका सार्वजनिक नभएका तस्विरहरु

२००९ मा रियालिटी शो ‘राहुल दुल्हनिया ले जाएङगे’मा डिंपी गांगुलिले राहुल महाजनसंग बिबाह गरेकि थिईन । बिबाह गरेको करिव चार महिनामानै उनिहरुको माया पानी सरह हुन पुग्यो । डिंपीका अनुसार राहुलले उनलाई गालिगलौच तथा घरेलु हिंसाबाट उनलाई दःख दिएका थिए । बिबाह जिवनमा खोट लागिसकेपछि डिंपीले अदालत समक्ष सम्बन्ध बिच्छेदको निवेदन दिईन जस्को फैसलाले २०१५ बाट यि दुबै भिन्नै बस्न सुरुगरेका थिए ।

पूर्व मोडल तथा १९९९मा मिस वल्डको ताज आफ्नो नाममा दिलाउन सफल अभिनेत्री युक्ता मुखीले २००८ मा ब्यापारी प्रिंस तुलीसंग बिबाह गरेकि थिईन । बिबाह गरेको पाँच वर्ष भित्रै युक्ताले प्रिंसले दाईजोको कारण देखाउदै उत्पीडनको कारण देखाई कानुनि मार्गमा हिडेकी थिईन । त्यसबेलाका सामाचार अनुसार प्रिंसले उनी माथि शारिरिक र मानसिक रुपमा उनलाई सताएका थिए । आफ्ना श्रीमानबाटै असुरक्षित महशुस गरेर उनिले २०१४ मा सम्बन्ध बिच्छेद गरेकि थिईन ।

फिल्मी संसारमा प्राय आमाको भुमिका निभाएकि अभिनेत्री अग्निहोत्री पनि यो समस्यामा परेकि नाईका मध्येमा पर्छिन । उनले आफ्ना श्रीमानका बिरुद्ध घरेलु हिंसाको नाममा निवेदन दर्ता गराएकी थिईन । रतीका अनुसार उनका श्रीमान उनलाईपनि शारिरिक तथा मानसिक रुपबाट समय–समयमा अप्ठेरोमा पारीरहेका हुन्थे जस्लाई सहन नसकि उनले सम्बन्ध बिच्छेदको बाटोलाई रोजेकि थिईन ।

अन्तमा कुरा गर्नुपर्दा फिल्मका साहायक भुमिकामा देखिएकि नाईका दीपशिखा नागपाललेपनि यो समस्यालाई नजिकबाट नियालिन । उनले आफना श्रीमानले पछिल्ला चार वर्षबाट माकपिट गर्ने आरोप लगाएकि छिन । २०१२ मा केशव अरोडासंग बिबाह गरेकि उनले बिबाहको केहिदिनमानै झगडा हुन सुुरुभएको बताएकि थिईन । देनिक झगडा तथा बिभिन्न आरोपका बिच उनले २०१६मा उनिबाट अलग रहेर बसिरहेकि छिन ।
एजेन्सि



प्रतिक्रिया दिनुहोस्