Logo

महिलालाई पोषण आहार वितरण



महोत्तरी, ९ साउन । बर्दिवास नगरपालिकाकाले नगरभित्रका ५३० गर्भवती महिलालाई पोषण आहार वितरण गरेको छ ।  बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत नगरपालिकाले रु १६ लाख ७५ हजारको पोषण आहार वितरण गरेको हो ।

नगरपालिकाभित्र रहेको गर्भवतीलाई साढे ७९ क्विन्टल जिरा मसिनो चामल, साढे २६ क्विन्टल गेँडागुडी र एक क्विन्टल ३२ किलो घ्यू वितरण गरेको छ ।

नगरपालिकाले गर्भवती महिलालाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी, एक पाउ घ्यू र पानी शुद्धीकरणको लागि फिल्टर वितरण गरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।

नगरभित्र जन्मेका हरेक बच्चा पोषिलो खाना खाएर असल नागरिक बनून् भन्ने उद्देश्यले पोषण आहार कार्यक्रम ल्याएको प्रमुख कार्कीले बताउनुभयो ।

‘एक बार, खाना चार’ भन्ने सन्देशको लागि नगरपालिकाले पोषिलो आहारस्वरुप कार्बोहाइड्रेड, मिनरल, भिटामिन र प्रोटिन प्राप्त हुने खाध्य सामग्री वितरण गरेकोे नगरपालिकाका स्वास्थ्य शाखा संयोजक महेन्द्र साहले जनाउनुभयो ।

गर्भमा र जन्मिएपछि बच्चा र आमाले पोषिलो खाना नपाउँदा मानसिक रुपमा कमजोर बच्चा जन्मिँदै आएकाले यस्तो कार्यक्रम ल्याउनु परेको बहुक्षेत्रीय पोषण योजना कार्यक्रममका संयोजक रामबाबु यादवले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्