Logo

साउन ११ र १२ गते भृकुटिमण्डपमा शैक्षिक मेला लाग्ने



काठमाडौं, ९ साउन । यूनिभर्सल टिच कन्सल्टको आयोजनामा यही साउन ११ र १२ गते काठमाडौंको भृकुटीमण्डपमा तेस्रो शैक्षिक मेला लाग्ने भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा यूनिभर्सल टिच कन्सल्टले पत्रकार सम्मेलन गरेर उक्त शैक्षिक मेलाको बारेमा जानकारी दिएको छ ।
मेलाका निर्देशक लक्ष्मण लामिछानेले शैक्षिक मेलाको उद्देश्य गूणस्तरीय शिक्षामा जोड दिनु रहेको सुनाए ।

उनले भने,‘हाम्रो पहिलो उद्देश्य नेपालको शिक्षा गुणस्तर बनाउनु रहेको छ, शिक्षालाई जीवनोपयोगी कसरी बनाउन सकिन्छ भन्ने नै हो, साथै कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुको भविष्यको लागि उचित बाटो सिकाउनु हाम्रो अर्को उद्देश्य पनि रहेको छ ।’

त्यस्तै पत्रकार सम्मेलनमा मेलाका संयोजक विशाल केसीले मेलामा उपत्यकाका ४० स्कूलहरुको सहभागिता रहने जानकारी दिएका छन् ।
शिव दनैको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा संयोजक केसीले भने,‘आफ्नो भविष्यमा के गर्ने भनेर सोचिरहनुभएका विद्यार्थी भाईबहिनीहरुले भाग लिन सक्नुहुनेछ, आफ्नो भविष्यको बारेमा अनविज्ञ हुनुहुन्छ भने उक्त मेलामा आउनुहोला हामीले तपाईलाई कुन विषय पढ्ने ? भविष्यमा कुन विषयले राम्रो मार्केट लिन्छ ? यस्ता विषयहरुको बारेमा जानकारी दिईने छ, मेलामा भविष्यको उचित बाटो देखाउने छौं, मेलामा ४० वटा स्कुलबाट ५ हजार जना विद्यार्थीहरुले मेला अवलोकन गर्ने हाम्रो आकंलन रहेको छ ।’



प्रतिक्रिया दिनुहोस्