Logo

एउटै आक्रमणबाट ५४ को मृत्यु



काठमाडौँ,९ साउन । दक्षिणी सिरियामा इस्लामिक स्टेट्स आईएस आतङ्ककारी समूहले गरेको आत्मघाती हमलामा परी कम्तीमा ५४ व्यक्तिको मृत्यु भएको छ ।

एक महिनामा जिहादी समूहले गरेको यो सबैभन्दा भीषण आक्रमण भएको मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

सिरियाली सरकारको बलियो प्रभाव रहेको दक्षिणी प्रान्त स्वेदामा यस विस्फोटबाट कैयौँ क्षेत्र प्रभावित भएको ‘द सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्सले जनाएको छ ।

करिब एक हप्ता अगाडि स्वेदाको छिमेकमा पर्ने स्थानमा रुसआवद्ध हवाई आक्रमणमा आईएस लडाकूको हताहत भएको करिब एक हप्ता पछाडि यो आक्रमण भएको हो ।

यो आक्रमणमा स्वेदा शहरको उत्तर र पूर्वी गाउँमा तीन जना आत्मघाती आक्रमणकारीले गराएको अनुगमनकर्ताहरुले जनाएका छन् । एजेन्सि



प्रतिक्रिया दिनुहोस्