Logo

रसुवामा पहिरो ४ जनाको मृत्यु ११ जना वेपत्ता



काठमाडौं १० साउन । रसुवामा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चार जनाको मृत्यु भएको हो । ११ जना वेपत्ता भएका छन् ।

पहिरोमा परी १२ जना घाइते छन् । गएराति १ बजे पहिरो खसेको हो। पहिरोमा तीन वटा कन्टेनर पुरिएका छन्। घटनास्थलमा राति देखि नै उद्धार जारी छ।



प्रतिक्रिया दिनुहोस्