काठमाडौं, १० साउन ।
कविता- बाल्यकाल
कति बोकौं छाति भरी, दुुखिरहने ब्यथाहरु ।
कुन कलमको साहराले, लेखौं मेरो कथाहरु ।
बाल्यकाल त्यसै बित्यो, मेलापात पधेरीमा ।
त्यसैले त मेरो जीवन,अल्झिरह्यो अधेरीमा।
स्कुल मेरो जंगल भयो, किताब घाँसको भारी ।
पढ्ने रहर दवाएर, मन बुझाउथे आसु झारी ।
धेरै प्रयास गरे मैले, सफलताको शिखर चढ्न ।
पाईलाहरु अल्झिदिए, सकिएन अघि बढ्न ।।
लामोयात्रा गरुभन्छु, पाईलाहरु भासि दिन्छ ।
कस्लाई सुनाउ मनको पिडा, सुन्ने जति हाँसिदिन्छ ।
जुनलाई सुनाउ टाढा लाग्छ, आकाश झनैैमाथि ।
सुनाउन भने मनका कुरा, सुनिदिने छैन साथि ।
चाहनाको के दोष मान्नु, भाग्यले नै ठगीदियो ।
मिठा मिठा सपनाहरु, आँसुले नै बगाईलियो ।
धेरै सहे आधिहुरी, धेरै सहे बर्षा झरी ।
हाँस्ने चाहमरि सक्यो, रुनु रहिछ जीवन भरी ।
‘नोटः गायिका समेत रहेकी गीता लामाले सन् २००७ मा रोजगारको शिलसिलामा बिदेशमा रहँदा लेखेको कविता हो ।’