Logo

सार्वजनिक लेखा समितिको सभापतिमा चौधरी



बुटवल, १० साउन ।। प्रदेश नम्बर ५ को सार्वजनिक लेखा समितिको सभापतिमा दाङका प्रदेश सांसद तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन ।

मंगलवार समितिका लागि भएको मनोनयन दर्तामा सार्वजनिक लेखा समितिको सभापतिका लागि चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन ।

संसदीय समितिहरुमा सबै भन्दा शक्तिशाली समिति सार्वजनिक लेखा समिति मानिन्छ । सो समिति संसदीय मान्यता अनुसार प्रतिपक्षलाई दिने नीति छ । समितिमा रहने १३ सदस्य समितिका अन्य सदस्यहरुको भने निर्वाचन हुदैछ ।



प्रतिक्रिया दिनुहोस्