Logo

डिएलएमा चुनावी सरगर्मी, टीकेप्रथा नमान्ने वकिलहरुको चेतावनी



काठमाडौं, ११ साउन । नेपाली कांग्रेस निकट वकिलहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन ९डिएलए०मा चुनावी सरगर्मी बढेको छ । नवलपुरस्थित गैंडाकोटको प्रचण्ड गर्मीमा कालोकोटेहरुलाई नेतृत्व छान्न चुनावले तताएको छ ।

यस अघिको अधिवेशनबाट विभाजित भएको डिएलएमा एकजुट भएपछि नयाँ नेतृत्व चयनका लागि यही साउन १३ गते निर्वाचन हुन लागेको हो । सहमतिको आधरमा नेतृत्व चयन गर्ने प्रयास केही व्यक्तिहरुले गरेपछि डिएलएभित्र चर्को असन्तुष्टि समेत बढेको छ । टीकेप्रथाबाट नेतृत्व चयन गर्दा चाकडी गर्ने परम्पराको विकास भएको र संगठन कमजोर हुने चिन्ता व्यक्त गर्दै अधिकांश वकिलहरुले यसलाई नमान्ने चेतावनी समेत दिएका छन् ।

सहमतिका आधारमा नेतृत्व गर्ने पक्षमा वरिष्ठ अधिवक्ताहरु नरहरी आचार्य, रामप्रसाद गौडेल र रामकुमार श्रेष्ठ देखिएका छन्। र उनीहरु निर्वाचानमा भाग लिने पक्षमा छैनन् । निर्वाचनकै माध्यमबाट सक्षम नेतृत्व आउनुपर्छ भन्ने पक्षमा अध्यक्षको दावेदार अधिवक्ताहरु केदार कार्की, सीताराम केसी र योगेन्द्रबहादुर अधिकारी रहेका छन् । अधिकांश मतदाताहरु पनि निर्वाचनकै पक्षमा रहेकाले निर्वाचनको माध्यमबाट नै नेतृत्व चयन हुने प्रवल सम्भावना देखिन्छ । यद्धपि केही वकिलहरूको मत भने सहमतिमै नेतृत्व चयन गर्ने हो भने पनि निर्वाचनमा जान तयार भएका उम्मेदवारबाट नै गर्नुपर्ने रहेको छ ।

डेमोक्रेटिक लयर्स एसोसिएसन पेशागत र बौद्धिक संगठन भएकाले पार्टीको हस्तक्षेप नस्वीकार्ने डिएलएका प्रतिनिधिहरुले बताएका छन् । केही उम्मेदवारले पार्टीका केही नेताहरुको नाम भजाउँदै आफूलाई समर्थन रहेको अफवाह फैलाउँदै हिँडेपनि कुनै नेताले खुलेर समर्थन गरेको देखिंदैन । कांग्रेसका शीर्ष नेताहरुले पनि आफ्नो कुनै खास उम्मेदवार नभएको स्पष्ट पारेका छन् । साथै उनीहरुले वकिल जस्तो सम्मानित पेशागत संगठनमा हस्तक्षेप गरेर आफ्नो मर्यादा उल्लङ्घन नगर्ने बताएका छन् ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि तत्कालिन समयमा शम्भु थापा नेतृत्वको नेपाल बार एसोसिएसनले गरेको आन्दोलनको अग्रणी भूमिकामा रहेका र ४६ सालको जनआन्दोलमा जेल जीवन समेत बिताएका केदार कार्की केसी र अधिकारी भन्दा सिनियर र रुचाइएका व्यक्तित्व हुन् ।

गणतन्त्र स्थापनाका लागि तत्कालिन बारका पदाधिकारीहरु शम्भु थापा, शेरबहादुर केसी, माधव बाँस्कोटा र केदार कार्की लगायतले खेलेको भूमिका अझैपनि उत्तिकै प्रशंसनीय र स्मरणयोग्य रहेको वकिलहरु बताउँछन् । अधिकांश वरिष्ठ वकिलहरुको समर्थन पनि कार्कीलाई रहेको डिएलए स्रोतको दावी छ । डिएलएको १० औं अधिवेशन यहि साउन १२ र १३ गते नवलपुरको गैंडाकोटमा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्