Logo

दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्ने कांग्रेस सांसदहरुको माग



काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा बोल्दै कांग्रेस सांसदहरु गगन थापा, डिला संग्रौला र उमा रेग्मीले प्रसाईलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

कानुनमन्त्रीलाई कारबाही गर्ने तर प्रसाईलाई कारबाही नगरी त्यतिकै छोड्ने कुरा आफूहरुलाई स्विकार्य नहुने उनीहरुको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्