Logo

संसद बैठक १० मिनेटको लागि स्थगन्



काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजो राति सरकार र डाक्टर गोविन्द केसीबीच भएको सहमतिपत्र अध्ययन गर्न पाउनुपर्ने माग गरेपछि आजको प्रतिनिधि सभा बैठक दश मिनेटको लागि स्थगित् भएको छ ।

डाक्टर गोविन्द केसीसँग सरकारले गरेको ९ बुँदे सहमतिपत्रको प्रतिलिपि उपलब्ध नगराएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ।

केसीसँग भएको सहमति संसदलाई जानकारी गराउने विषयमा मन्त्रिपरिषद्‍मा छलफल गर्नु पर्ने भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पन्छिएपछि कांग्रेस विरुद्धमा उत्रिएको हो।



प्रतिक्रिया दिनुहोस्