काठमाडौं, १३ साउन । दर्शक श्रोता नेपाल सामाजिक संस्थाले आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको छ । शनिबार राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा दर्शक श्रोता नेपालले साधारण सभा सम्पन्न गरेको थियो ।
संस्थाका उपाध्यक्ष सन्तोष बजगाइले प्रस्तुत गरेको कार्यप्रगति विवरण र भावि कार्ययोजना प्रतिवेदन त्यस्तै कोषाध्यक्ष विनोद नेपालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभामाले पारित गरेको थियो ।
संस्थाको कार्यसमितिमा सामान्य हेरफेर गरेको र रिक्त भएको कार्यसमितिको एक सदशय पदमा सन्तोष दाहाललाई चयन गरेको महासचिव केशरलाल विश्वकर्माले जानकारि दिए ।
कार्यक्रममा समाजसेवी नृप बहादुर शाहले नेपाली गीत संगीतमा सेन्सर बर्डको माग गर्ने पहिलो आधिकारिक संस्था भएकोले यो अभियानले पूर्ण रुप लिनुपर्ने बताए ।
साँथै उनले अबको सम्भावना भने कै सांस्कृतिक, पर्यटन भएकोले संस्थाको उद्देश्य निकै राम्रो भएको उल्लेख गरे । त्यस्तै संस्थाका सल्लाहकार सदस्य ओम भण्डारी, अजय अलङ्कार कुलुङले संस्थाले गरेको कार्यप्रति प्रसंसा गर्दै आगामी दिनमा पनि संस्था निरन्तर अघि बढ्नेमा आशा व्यक्त गरेका छन् ।
कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरुलाई सम्मान–पत्र वितरण गरिनुकासाथै आजीवन सदस्यलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।
सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष केशव भट्ट, उपाध्यक्ष सन्तोष बजगाई, महासचिव केशरलाल विश्वकर्मा, सचिव पार्वती तिवारी, कोषाध्यक्ष भवानी राउत, सह–कोषाध्यक्ष रञ्जना अधिकारी, सदस्यहरु सविना सिवाकोटी, भरत विश्वकर्मा, पृथ्वी कुमारी पुलामी र जीवन थापा रहेका छन ।
त्यस्तै संस्थाका आजीवन सदस्य श्याम प्रसाद घिमिरेलाई समेत सम्मान गरेको छ । साँथै, संस्थाको वेवसाईट निर्माण गरिदिने संस्था क्यानोपस टेक्नोलोजी प्रालिका प्रवन्ध निर्देशक मनोज श्रेष्ठ तथा सह प्रवन्धक विकास श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । दर्शक स्रोता नेपालले विगत ४ वर्षदेखि गीत संगीतको ब्यवस्थान गर्नको लागि निरन्तर दाबाब मुलुक कार्यक्रमहरु गर्दै आईरहेको छ ।