Logo

गीतकार धौरालीको शब्द, संगीतमा तीजगीत बजारमा-भिडियो सहित



काठमाडौं, १४ साउन । विशुद्ध पारिवारिक वेदना र सामाजिक वेथिति समेटिनुपर्ने तीजगीतहरुमा आजकल पश्चिमी संस्कृतिको ठाडो प्रभाव परेको देखिन्छ ।

वास्तविक रुपमै सचेत हुनुपर्ने लोकसर्जकहरु नै खुलेयाम उत्ताउला र भड्किला गीतहरुमा जोडिएर आउनुले नेपाली लोकसंगीत कुन दिशातर्फ उन्मुख भइरहेको छ भन्ने प्रष्ट हुन्छ ।

तर यहि भीडबाट नेपाली लोक संगीतको गाम्भिर्यतालाई नजिकैबाट नियालीरहेका सर्जक दिग्गज धौराली ‘माईतीको आँगन’ सांगीतिक कोशेली मार्फत बजारमा आएका छन् ।

उनलाई प्रत्यक्ष रुपमा साथ दिएकी छिन् चर्चित गायिका मन्जु पौडेलले । बि एम एस फिल्मस् मार्फत मन्जु पौडेलले बजारमा ल्याएको ‘माईतीको आँगन’ एल्बममा उक्त गीत संग्रहित छ ।

नेपाली सांगीतिक बजारमा मौलिक तीजगितको अझै पनि उत्तिकै माग रहेकोे बताउने धौरालीले यसपटक आफुले गाउँघरमा आमा दिदीबहिनीले वर्षौं देखि गाईरहेको भाकामा उहाँहरुकै शब्द कोरेको बताउँछन् ।

मन्जु पौडेललाई नै किन गाउन दिनुभयो भन्दा उनी भन्छन् मन्जु पौडेलका प्रत्येक वर्षका तीज गितहरु मौलिक छन् , त्यसकारण यो गितलाई पनि उहाँले नै न्याय गर्न सक्नुहुन्छ ।

मन्जु पौडेलको स्वर रहेकोे यस गितमा गायिका मन्जु पौडेल र अनुसा पौडेलले कम्मर मर्काएका छन् । कार्यक्रम संचालिकाको रूपमा सुपरिचित अनुसा पौडेलको यसपाली नाच पनि दर्शकहरुले हेर्न पाउने भएका छन् । त्यसकारण पनि दंग छन् दिग्गज धौराली ।

संख्यात्मक भन्दा पनि गुणात्मक काम गर्न रुचाउने गितकार धौरालीका धेरै गीतहरु चलचित्रमा समाबेस छन् । म यस्तो गित गाउँछु चलचित्रको शिर्ष गित ‘कहाँ छ र जिन्दगीको भर तिमी बिना’ लाई उदाहरणको रुपमा लिन सकिन्छ । मेलाको सैबा है सैबा बोलको गित उत्तिकै लोकप्रीय छ ।

त्यस्तै लम्फु फिल्मकोसंगै जिउने संगै मर्ने चाह हुँदोरैछू गित पनि उनको हिट गित हो । त्यसैगरी अहिले निकै चर्चामा रहेको भुवन के सी को निर्माण र अनमोल के सी अभिनयमा आउँदै गरेको फिल्म क्याप्टेनू मा उनको गितले स्थान पाएको छ ।

उक्त चलचित्रको लागि लेखेको गितले नेपाली सांगितिक क्षेत्र र स्वयंलाई पनि पनि थप उचाई दिने उनको विस्वास छ । नेपाली चलचित्र देखि लिएर सुगम संगीत, गजल , रास्टि«य गीत , लोक गित र लोक गितमा पनि टिपिकल झ्याउरे र रोईला गितमा पनि उनले काम गरिसकेका छन् ।

यसपटकको तीजमा तीनवटा गितमा शब्द लेखेका उनको यो पहिलो गित हो । मौलिक गित कोर्न माहिर धौरालीको यसपालिको तीजको गीत ‘माइतीको आँगन’ यी शब्दहरुबाट सुरु हुन्छ ।



प्रतिक्रिया दिनुहोस्