काठमाडौं, १४ साउन । नेपाली नारीहरुको हरितालिका तीवपर्व २०७५ आउन अझै महिना दिन बढि समय बाँकि छ । तर कलाकारहरुले तीजका भाका मार्फत बजार तताई सकेका छन् ।
यसै क्रममा दाङका सर्जक तथा गायक केशव रावतको शब्द भाकामा मौलिक तीजगीत ‘स्याउली सोत्तर’ बजारमा आएको छ । शिव फोर एसको प्रस्तुती तथा सरिता रावतको तीज गीत ‘स्याउली सोत्तर’मा सरीता र केशव रावतकै स्वर रहेको छ ।
भागिरथ गाहा मगरको निर्देशनमा तयार पारिएको गीतमा सञ्जिव ठकुरी र प्रियंका श्रेष्ठको नृत्य रहेको छ । सुरेश श्रेष्ठले गीतका दृश्यहरु क्यामेरा कैद गरेका हुने भने नविन घर्ती मगरले भिडियो सम्पादन गरेका हुन ।