Logo

जोशीलाई प्रधानन्यायाधीश बनाउने/नबनाउनेबारे श्रेष्ठ निर्णायक



काठमाडौं, १४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेको छ। तर जोशीलाई प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेबारे सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल निर्णायक रहेको छ ।
स्रोतका अनुसार संसदीय सुुनुवाई विशेष समितिले अहिले केही बेरमै सुरु हुने बैठकबाट जोशीलाई प्रधानन्यायाधीश बनाउने वा नबनाउनेबारे अन्तिम निर्णय लिँदैछ । तर सुनुवाई समितिका सदस्य समेत रहेका फोरम सांसद राजेन्द्र श्रेष्ठ भने यसबारे निर्णय लिन निर्णायक हुनेछन ।

स्रोतका अनुसार श्रेष्ठले आफू निर्णय लिन स्वतन्त्र रहेको बताएका छन् । उनलाई पार्टीले कुनै बन्देज लगाएको छैन । प्रस्ताव अस्विकृत गर्नको लागि दुई तिहाई पुर्याउन जस्तो अवस्था आउँछ त्यस्तै निर्णय लिने उनको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्