कालिकोट, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलबार सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ । बिरोध कार्यक्रम अन्तरगत कालिकोट कांग्रेसले पनि जिल्लाको सदुरमुकाम मान्न बजारमा बिरोध र्याली निकालेको छ ।
नेकपा नेतृत्वको सरकार अधिनायकताको बाटोमा अग्रसर भएको आरोप लगाउदै काँग्रेसले कालिकोटमा विरोध प्रदर्शन गरेको काँग्रेस जिल्ला सभापति हर्ष बहादुर बमले जानकारी दिए ।
शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा प्रस्तुत हुने गरेकोले काँग्रेस चुप लागेर नबस्ने जिल्ला सभापति बमले बताए।
सभापति बमले भने,‘संवैधानिक निकायलाई कार्यकारीको छाँयामा राख्ने, सरकार र पार्टी एकैजस्तो गरेर सञ्चाल नगर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यवसायिक रूपमा सञ्चालन गर्नुको सट्टा पार्टी भलाईको आधारमा चलाउने प्रवृत्ति बढेकाले कांग्रेस आन्दोलित हुन परेको हो ।’