काठमाडौ,१५ साउन । हामी मध्ये धेरैलाई यो कुरा थाहा छ कि आफ्नो जस्तै अनुहार भएका मानिस यो संसारमा कतै न कतै भेटिने गरेका छन । आफ्नै देशमा होस् वा अन्य कतै, नक्कलि अनुहारहरु घरपरिवारमा भाई बहिनीहरुको रुपमा पनि जन्मिएका हुन्छन । बलीउडमा पनि त्यस्ता धेरै भाईबहिनीहरु छन, जहाँ तिनीहरुका अनुहारहरु एक अर्कासंग निक्कैनै मिलिरहेका छन ।
कयौचोटि मानिषमा यो भ्रम पैदा भईदिन्छकी आखिर वास्तविक सेलिब्रेटि को हो भनेर । तिनै बलीउडका कलाकारका भाईबहिनीहरुका फोटोहरु हेर्नुहोस जसलाई हेरेपछि तपाई तिनीहरुले चिन्न सक्नुहुन्छ कि हुदैन
अनिल कपूर र उनका भाई संजय कपूर
बलिउड फिल्मी उद्योगमा धेरैनै चर्चीत कलाकारको रुपमा अनिल कपूरले आफ्नो कलाको जादु देखाई सकेका छन । उनीमात्र नभएर उनका भाई संजय कपूरलेपनि केही बलीउड फिल्ममा काम गरेतापनि उनले आफ््नो कलालाई दिगो बनाउन सकेनन् । आजभोलि उनी आफ्नो ब्यापारको क्षेत्रमा योगदान पुर्याईरहेका छन । व्यापारको अतिरिक्त उनी फिल्ममा रहेर प्रोड्युसरको कामपनि गरिरहेका छन । यि दुई भाईको अनुहार एक अर्कासंग निकैनै मेल खान जान्छ ।
भारती सिंह र पिंकी सिंह
भारती सिंहलाई नजान्ने मानिष प्राय कमै होलान । बलीउड फिल्मी संसाकी कमेडिएन भारतीले हालसालै बिवाहपनि गरेकी छिन । उनको बिवाहमा उपस्थित संचारकर्मीहरुले उनका परिवारका सदश्यहरुलाई नजिकबाट हेर्ने अवशर पाएका थिए । उक्त कार्यक्रममा उनकी बहिनी पिंकीको चर्चाले बलिउडमा तहल्का मच्चाएको थियो । यो कार्यक्रम भन्दा पहिला भारती र उनकी बहिनीलाई संगै कहिलै देखिएको थिइन । तर यहाँ भारती र उनकी बहिनीमा को भारती हो भनेर चिन्न गाहा्रे भएको देखिन्छ किनभने यि दुई दिदी बहिनीको अनुहार लगभग उस्तै देखिन्छ ।
अनुपम खेर र राजु खेर
यि हुन बलीउडका प्रसिद्ध कलाकार, जस्ले बलीउडका हरेक किसमका फिल्महरुमा काम गरिसकेका छन । फिल्मी संसारमा भिलेन र कमेडिएनको भुमिका निभाई सकेका उनले दर्शकको मुटुमा आफ्नो स्थान बनाई सकेका छन । उनि जति यो उद्योगमा सफल कलाकारको रुपमा स्थापित छन, उनका भाईले त्यो स्थानसम्म आफनो जादु देखाउन सकेनन । बलिउडका कमैमात्र फिल्ममा देखिएका उनको अनुहारभने आफ्ना दाई अनुपम खेरसंग भने धोका खाने गरिनै मिलेको छ ।
कंगना रानोट र रंगोली रानोट
आफ्नै मेहनतल बलीउडमा स्थापित रहन सफल उनि बलीउडकी एक चर्ची अचिनेत्री हुन । उनले कयौ चर्चीत फिल्महरुमा काम गरेर सफलपनि बनाई सकेकी छिन । प्राय कार्यक्रमहरुमा आफ्नी बहिनीसंग देखिने गरेकि उनकी बहिनी रंगोलीसंग अनुहार मिलेकै कारण चिन्न अप्ठेरो नै रहने गर्दछ ।
अमृता राव र प्रितिका
बलीउडमा चिनीएकी नायिकाहरु मध्ये अम्रता रावपनि एक हुन । बलीउडमा उनको अभिनएको साथमा अनुहारकोपनि चर्चा चलिरहन्छ । उनकी बहिनी टिभीको संसारमा चिर परिचित नाम रहेको छ । पर्दाको जिवनमा छाएका यि कलाकारको अनुहार एक अर्कासंग हुबहु मिली रहेको छ ।
अलि जफर र डैन्यल जफर
पाकिस्थानका यि गाएक बलिउडमापनि उत्तिकै चर्चीत रहेका छन । उनले बलिउड फिल्मका धेरै गितहरुमा आफ्नो आवाज दिईसकेका छन । गाएनका साथसाथै यो जोडीले फिल्ममापनि अभिनय गरिसकेको छ । अलिका भाईपनि उनि जस्तै गाएनमा निपूर्ण रहेका छन ।
शिल्पा शेट्टी र शमिता शेट्टी
बलीउडमा सबैभन्दा सुन्दर नयिकाको रुपमा काम गरिसकेकि शिल्पा र उनकी बहिनीको अनुहारपनि एक–अर्कासंग धेरैनै मिलीरहेको पाईन्छ । तपाईलेपनि यो कुरा महशुस गरिरहेको होलाकि यि दुई बहिनीको अनुहार हेरेर कहि कतै धोका हुन सक्छ । धोका हुन सक्ने यो बिषयमा हो कि दिदी बहिनीको अनुहार राम्रोसंग मिलीरहेको हुन्छ