Logo

नेपालको दोस्रो हार



काठमाडौँ, २५ साउन । एशियन गेम्स’को तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली आज त्यहाँको यू–२३ टोलसँग ४–० ले पराजित भएको छ ।

आज अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा शुरु हुने एशिया र त्यसलगत्तै भदौ १९ बाट बङ्गलादेशमा शुरु हुने साफ च्याम्पियनसिपको तयारीका नेपाली फुटबल टोलीलाई थाइल्याण्ड पठाएको थियो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट यही साउन २९ देखि हुने एशियन गेम्सका लागि इण्डोनेशियामा जानेछ ।

यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो । बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो ।

एशियन गेम्सको समूह ‘डी’मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूह चरणको अन्तिम खेल खेल्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्