Logo

गिताको अध्ययनले जिवनमा परिवर्तन आएको अक्षय कुमारको दाबी



काठमाडौँ, २७ साउन । बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘गोल्ड’ प्रदर्शनको तयारीमा रहेको छ । पछिल्लो समय फिल्म गोल्डको प्रमोशनमा व्यस्त रहेका अक्षय कुमार शनिबार एक फरक प्रकारको कार्यक्रममा उपस्थित भएका छन ।

भागवद् गीताः सेइंग इट दि सिंपल वे का लेखक विजय सिंगलको किताबको लोकार्पण कार्यक्रममा अक्षय प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । उनले पुस्तक बिमोचन कार्यक्रममा भागवत गीता पढेपछि आफ्नो जीवनमा साच्चिकै सकारात्मक परिवर्तन आएको बताएका छन ।

भगवद् गीताको सार पनि भगवान सबै एकै हुन् भन्ने नै हो भन्दै उनले कार्यक्रममा यो पवित्र किताब सार्वजनिक गर्न पाउदा मलाई गर्भको अनुभूति भईरहेको छ भनेका छन । म पनि पछिल्लो समय प्रायः गीताको केही न केही शिक्षा लिईरहेको हुन्छु ।

गीता शिक्षाले मेरो जीवन कम जटील र धेरै सुखमय भएको छ । यो किताव पनि गीता शिक्षा अध्ययन गर्न चाहनेहरुको लागि निकै उपयोगी हुनेछ भन्ने मैले बिश्वास लिएको छु ।

उनिद्धार अभिनित बहुप्रतिक्षित फिल्मको कथाबस्तु भारतलाई ओलंपिकमा गोल्ड मेडल जिताउन सफल खेलाडीको जीवनीमा आधारित रहेर बनाईएकोछ । गोल्ड १५ अगष्टमा प्रदर्शनमा आउने जनाईएको छ । एजेन्सि



प्रतिक्रिया दिनुहोस्