Logo

सिता खाँडको तीजगीत ‘कती सुहाको’ सार्वजनिक-भिडियो सहित



काठमाडौं, २७ साउन। चर्चित लोकदोहोरी गायक गायक रामजी खाँणको आफ्नै युट्युब च्यानलबाट तिज गीत सार्वजनिक भएको छ । गायनमा आँफै लोकप्रिय बन्दै आएका र पछिल्लोपटक म्युजिक भिडियो अभिनयमा समेत ब्यस्त हुँदै आएका गायक खाँणले यसपालिको तिजबाट आफ्नी श्रीमती सिता खाँणलाई पनी गायिकामा प्रवेश गराएका छन् ।

‘कति सुहाको तिमिलाई’ बोलको गीतमा आवाज दिँदै गायक रामजी खाँणकी श्रीमती सिता खाँण गायिका बनेकी हुन् । उनी सँगै चर्चित गायिका टिका पुनले समेत उक्त गीतमा आवाज दिएकी छन् भने गायक खाँण आँफैले पनी साथ दिएका छन् ।

खेम सेन्चुरिको लय शब्द समेटिएको उक्त गीत आशिष अविरलले एरेन्ज गरेका हुन् । सोही गीतको भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ भने दुर्गा पौडेलले छायांकन गरेका छन् ।

त्यस्तै नबिन घर्ती मगरको सम्पादन रहेको उक्त भिडियो, एकता फिल्मस् प्रा.लि को दृश्य निर्माण रहेको छ । रश्मी तामाङ र गायक रामजी खाँडको नै गीतको भिडियोमा दमदार अभिनय रहेको छ ।

खाँडको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएकोसोही गीत उनकी श्रीमती सिता खाँण कै पहिलो कोसेलीको रुपमा बजारमा आएको हो ।

 



प्रतिक्रिया दिनुहोस्