काठमाडौँ, २८ साउन । गाजामा हमासका पक्षबाट ‘पूर्णरूपमा’ युद्धविरामको माग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार गरेका छन । इजरायल तथा हमास पक्षबीचको विवादबारे सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै नेतन्याहुले उक्त कुरा गरेका हुन।
इजरायल र हमास समूहबीच दीर्घ–कालीन युद्धविराम गराउन संयुक्त राष्ट्रसंघका अधिकारी र इजिप्टले पहल जारी राखेका समय नेतन्याहुबाट उक्त प्रतिक्रिया आएको हो । पहलबारे इजरायली पक्षद्वारा भने कुनै प्रतिक्रिया आएको छैन । जुलाईदेखि अहिलेसम्म हमास र इजरायलबीच हिंसात्मक तीन घटनाहरू भएका छन् ।
“हामी गाजामा आतङ्कवादविरोधी अभियानको मध्यतिर छौँ,” नेतन्याहुले मन्त्रीपरिषद्को बैठकको सुरुमा बताए । “यो एउटा सशक्त कारबाहीविना अन्त्य हुनेछैन ।”
उनले भने “हाम्रो माग प्रष्ट छ । पूर्ण युद्धविराम । त्योभन्दा कम कुराले हामी सन्तुष्ट हुँदैनौँ ।” पछिल्ला दिनहरूमा प्रधानमन्त्रीमाथि हमासविरुद्ध कडा रूपमा प्रस्तुत बन्न राजनीतिक दवाव आएको छ । यद्यपि इजरायली प्रशासन तथा हमास दुवै पक्षले युद्ध शुरु गर्ने मनस्थितिमा भने छैनन् ।रासस