Logo

नुवाकोटमा बस दुर्घटना : ५७ जना घाइते, ८ को अवस्था गम्भिर



नुवाकोट, ३० साउन । नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ५७ जना यात्रु घाइते भएका छन्।

बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको छ।

घाइते ८ जनाको अवस्था गम्भिर छ। गम्भिर घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीबाट थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख बसन्तबहादुर कुंवरले बताए।



प्रतिक्रिया दिनुहोस्