Logo

स्थानीय तहको भवनलाई पाँचदेखि १५ करोडसम्म



काठमाडौँ, ३० साउन । स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन ।

मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको छ ।मन्त्रालयले महानगरको भवन निर्माण गर्न रु १५ करोड, उपमहानगरपालिकालाई रु १० करोड, नगरपालिकालाई रु आठ करोड र गाउँपालिकालाई रु पाँच करोड रकम दिने भएको छ ।

आफ्ना भवन नहँुदा स्थानीय तहलाई काममा समस्या भएको छ । “सबै स्थानीय तहको भवन तीन वर्षभित्रमा बनाउन हामीले बजेट विनियोजन गरेका हौँ ,” उनले बताए।

मन्त्रालयले सवै वडा कार्यालयका लागिसमेत बजेट विनियोजन गरेको छ । प्रवक्ता अधिकारीका अनुसार कार्यविधिमा महानगर र नगरपालिकाका वडा कार्यालय बनाउन रु एक करोड ५० लाख र गाउँपालिकाका वडा कार्यालय बनाउन एक करोड दिइने उल्लेख छ । सात सय ५३ स्थानीय तहमा करीब छ हजार ६६८ वडा कार्यालय छन् । रासस



प्रतिक्रिया दिनुहोस्