Logo

रोकिएको सांगीतिक यात्रा जापान पुगेर निरन्तरता दिने खेमराजको कथा



काठमाडौं, ३० साउन । हरेक ब्यक्तीका आफ्ना चाहना हुन्छन सोच हुन्छन् । सबै सोच पुराहुने मान्छे सायद कमै हुन्छन । २०४४ सालमा चितवनमा जन्मिएर बाल्याकाल हुँदै आजसम्म पनि गीत संगीतसँग रम्दै आफ्नो दिनचर्या गुजार्न लालाहित ब्यक्ती मध्यका खेमराज पौडेल पनि एक हुन ।

संगीतले सबैलाई लोभ्याउने मन्त्र हो । जसले उनलाई पनि सानैदेखि लोभ्यायो । मानिस जस्तो पारीबेशमा हुर्कन्छ त्यसलाई आफ्नो प्रेरणा सम्झन्छ ।

अनी तिनै कुरा सिक्छ र आफ्नो दिनचर्या खुशीकासाथ चलाऊछ । सामान्य परिवारमा जन्मिएका उनी सानामा जीवन शर्माका बिभिन्न गीतहरु आफ्नो बिद्यालय, मन्चहरुमा गाउने गर्थे आफुमा चाहना र क्षमता हुँदाहुदै पनि सार्थक बनाउन सकिरहेकोद हुँदैन । समयले साथ दिएन बिभिन्न अठ्यारोका बाबजुत २०७२ साल जापान जाने मौका जुर्यो ।

जुन उनकोलागि संगीत क्षेत्रमा पाइला टेक्ने अवसर सिर्जना अवसर बन्यो । आर्थिक भार कम्जोर शरीर हुँदा हुँदै पनि मानिसको चाहना शायद जन्मजात जोडीन्छ । जो कहिलै टाढा हुदो रहेनछ उनी भन्छन । नेपाली संगीतको बजारमा एकै चोटिमाथि आउन नसके पनि क्रमशः चाहनालाई ब्यवसायको रुपमा परिणत गर्ने उनको अठोट रहेको छ ।

लक्ष्यमा अगाडि बढ्ने उत्सहा बोकी ‘घिन्ताङ् मादल’ नामक गीत बाट आफ्नो संगितिक यात्रा तय गर्दै हाल्सालै बुडो “जापान तिर” नामक तीज गीत मा पनि आवाज दिएर आफ्नो यात्रा निरन्तर गर्ने अब्यासमा छु ।  संसार कै व्यस्त शहर टोकियोमा रहेर पनि यस क्षेत्रमा आफुलाई अब्बल साबित गरी छाड्ने उनी बताउछन ।

लोक दोहोरी प्रतिस्ठान जापान शाखाका सद्स्य समेत रहेका उनी आगामी दिनमा पनि संगीतको पाटोलाई फरक ढंगले अगाडि बढ्ने बताउछन् ।

उनै खेमराज पौडेल र भुमिका शाहको स्वरमा तीजगीत ‘बुढो जापान तिर’ बजारमा आएको छ । विष्णु न्यौपानेको लय शब्दमा तयार पारिएको गीतको भिडियो निर्देशन तथा छायांकन अमित सापकोटाले गरेका हुन । अमृत चापागाईले सम्पादन गरेको उत्त तीज गीतको भिडियोमा सुजाता ज्ञवाली र शंकर क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्