Logo

पल्लो छेउको खेत भाइ कै नाउँमाहोस्ः नमिता बराल



काठमाडौं, ३१ साउन ।

गजल

खुड्किला उक्लनु छ कोशिस थपिदिनु
मेरा दुस्मनलाई मप्रति रिस थपिदिनु ।

मार बरु घिटिघिटी बनाएको जिन्दगी
याद पठाउँदा अलिकति बिष थपिदिनु ।

लासबाटै गुजारा गर्नेले यस्तो सोच्दो हो
घाट्मा जतिसक्दो मृत मानिस थपिदिनु ।

नोटले गोजी भरिन्छ कोट्ले मुद्दा छोप्छ
फेरि पनि हत्यारालाई बक्सिस थपिदिनु ।

पल्लो छेउको खेत भाइ कै नाउँमाहोस्
बाबा बरु यो थाप्लोमा आशिष थपिदिनु ।



प्रतिक्रिया दिनुहोस्