काठमाडौँ, ३१ साउन । फिल्म ‘बाँध मायाले’को शीर्ष गीत राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको उक्त गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीतमा साथ दिएका छन।
सविर श्रेष्ठको निर्देशनमा बनेको यो फिल्म कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको जनाईएको छ । फिल्मको मुख्य कलाकारको भूमिकामा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ फिचरिङ रहेको छ।
भिडीयो हेर्न तलको लिङमा जानुहोस ।
फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि मुख्य भूमिका रहेको छ भने यसै फिल्मबाट किशोर खड्काले पनि नायकका रूपमा डेब्यु गर्दैछन्।
रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले क्यामेरामा सुन्दर तरिकाबाट कैद गरेका छन।यो फिल्म असोज ५ गतेदेखि देशै भरिबाट सार्वजनिक प्रदर्शनमा आउने जानकारी निर्माण समुहले गराएका छन ।