Logo

‘स्थानीय तहमा लगाईएको करबारे गलत प्रचार भयो’



काठमाडौं, ३१ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव पुरुषोत्तम नेपालले स्थानीय तहमा लगाईएको करको बारेमा गलत प्रचार भएको दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सह–सचिव नेपालले केही स्थानीय तहमा भएका कमजोरीहरुलाई लिएर सामाजिक सञ्जालमा सरकारले मनलाग्दी कर लगाएको भन्दै गलत प्रचार भएको दाबी गरेका हुन।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले भने,‘विश्वको अभ्यास अनुसारनै कर लगार्ईएको हो, २० वर्ष अघिदेखि कुनै प्रकारको कर नलागेको र अस्तव्यस्त भएको स्थितिमा सरकाले संविधान अनुसार कर लगाउँदा केही समस्या आएका छन् । ७५३ मध्ये केही स्थानीय तहमामात्रै यस्ता समस्या आएका छन् । जन्म र मृत्यु दर्तामा केही स्थानीय तहले नर्गुपर्ने काम गरेका छन् । सरकारले एउटा कार्यदल बनाएर त्यस्ता स्थानीय तहलाई सुझाव दिने र करलाई व्यवस्थित बनाउन लाग्ने कुरा जानकारी दिन चाहन्छु ।’

उनले अघि थपे,‘सेवा लिएको आधारमा पैसा तिर्नुपर्छ, चिया खाएको मानिसले कफिको पैसा तिर्नु त पर्दैन नि ? आफूले राज्यबाट उपभोग गरेको अधिकारको आधारमा कर तिर्ने हो, जहाँसम्म दोहोरो कर लगाएको छ भन्ने आरोप छ, सवारी कर, मनोरञ्जन कर, विज्ञापन कर लगायतका करहरुको बारेमा सरकारले करेक्सन गरिसकेको छ।’



प्रतिक्रिया दिनुहोस्