Logo

क्षेत्राधिकारभन्दा बाहिर गएर कर लगाएका छैनौं : नपा राष्ट्रिय अध्यक्ष बेञ्जु



काठमाडौं, ३१ साउन ।नगरपालिका राष्ट्रिय महासंघका अध्यक्ष अशोक बेन्जुले क्षेत्राधिकारभन्दा बाहिर गएर स्थानीय तहले कर नलगाएको दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले भने,‘कानूनले व्यबस्था गरेअनुसार हामीले काम गरेका छौं, सञ्चार माध्ययम र सामाजिक सञ्जालमा छाएको जस्तो हल्ला साँचो होईन, करलाई शुन्यतामा परणित गरेर कि अरुको भरमा परौं, नभए आफ्नो क्षेत्रलाई सुन्दर बनाउन र बिकास गर्नको लागि कर आवश्यक छ, नगरपालिका भनेको गैर कृषि क्षेत्र हो, सरकारले स्थानीय हतको अवस्था र जनताको जीवन स्तर हेरेर मात्रै कर लगाउछ ।’



प्रतिक्रिया दिनुहोस्