Logo

विज्ञको सुझावपछिमात्रै कर लगाउनुपर्छ : देउजा



काठमाडौं, ३१ साउन । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले पूर्व तयारीबिना नै सरकारले करको दर बढाएको गुनासो पोखे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यसरी तयारीबिना करको दर बढाउने हो भने स्वदेशी पुँजी पलायन हुने सम्भावना हुन्छ, निजी क्षेत्रले लगानीबाट हात झिक्ने स्थिति आउँछ, अध्ययन गरेर र विज्ञको सुझाव लिएरमात्रै करको बारेमा सरकारले निर्णय लिनुपर्छ ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले भने,‘ईजाजत र लाईसेन्स लिएका निर्माण व्यवसायीहरुको बारेमा सरकार चिन्तित देखिदैन, वरिपरिका मानिसहरुको समुह खडा गरेर विकास निर्माणका योजनाहरु सुचारु गर्छ, अनि कहाँबाट उचित विकास हुन्छ, कुनै–कुनै निर्माण व्यवसायीहरुले करसम्म पनि तिर्न सक्ने स्थिति छैन ।’



प्रतिक्रिया दिनुहोस्