काठमाडौं, २ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको दुई वर्षे कार्यकाल आज समाप्त छ।
दुई वर्ष्भित्रै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा आपसी विवादले सम्भव हुन नसकेको नेविसंघभित्र पछिल्लो समय संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच आगामी तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको छ ।
यो समझदारीसँगै सहमहामन्त्री डा प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्न सहमति दिएको छ ।