Logo

१७९ औँ विश्व फोटोग्राफी दिवसमा काठमाडौंमा प्रभातफेरी



काठमाडौं, ३ भदौ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले १७९ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा आज राजधानीमा प्रभातफेरीको आयोजना गरेकोछ ।

सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिन्ज्छ । अगस्ट १९ लाई फोटोग्राफीको जन्मदिनपनि भनिन्छ ।

प्रभातफेरी भृकुटीमण्डपबाट शुरु भई भद्रकाली, शहिदगेट, सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा फोटोग्राफी, फोटोपत्रकारितालगायत यससंग सम्बन्धित पेशाकर्मी, व्यवसायी, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै एनएफपीजे अध्यक्ष ध्रुव्र आलेले फोटोग्राफी दिवस फोटो पत्रकारका लागि मात्रै नभएर सम्पूर्ण फोटोग्राफी र यससंग सम्बन्धित सबैकालागि महत्वपूर्ण भएको बताएका छन ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्