Logo

शाही परिवारको सम्पत्ति १० खर्ब डलर भन्दा बढी



काठमाडौँ,४ भदौ । बेलायती शाही परिवारको अनुमानित कुल सम्पत्ति ८८ अर्ब डलर भएको परामर्शदातृ फर्म ब्रान्ड फाइनान्सले जनाएको छ । यद्यपि यो परिमाणको सम्पत्ति हुदाहुदै पनि विश्वमा धनी शाही परिवार हुनबाट धेरै पर रहेको छ ।

साउदी अरेबियाको शाही परिवार हाउस अफ साउदको सम्पत्ति भन्दा यो सम्पत्ति धेरै कम हो । १५ हजार शाही सदस्य रहेको हाउस अफ साउदको अनुमानित सम्पत्ति १।४ ट्रिलियन डलर रहेको छ । यो बेलायती शाही परिवारको कुल सम्पत्तिको तुलनामा १६ गुणाले बढी हो ।
बेलायती समकक्षिको तुलनामा साउदी शाही परिवारको सम्पत्ति विशेष रुपमा निजी रहदै आएको छ । उनीहरुको ठूलो खर्च, निजी जेट, विलाशी जहाज र हेलिकप्टर लगायतका सम्पत्ति विशेषगरी ईष्याको विषय बनेको छ । साउदी शाही परिवारसँग सुनको लेपन भएको क्लिनेक्स डिस्पेन्सर पनि रहेको छ ।

यद्यपि शाही परिवारका सदस्यले आवश्यकता महशुश भएका परोपकारी संगठनहरुलाई सहयोग गर्दै आएका छन् । उनीहरुले साउदी जनतामा पनि लगानी गर्दै आएका छन् । हालसालै मात्र् साउदीले महिला उद्यमका लागि स्थापना भएको विश्व बैंकको कोषमा करोडौ डलर सहयोगको प्रतिबद्धता गरेका छन् ।

साउदी शाही परिवारको धेरैजसो सम्पत्ति ७५ वर्ष पहिले उत्खनन भएको विशाल तेल भण्डारबाट आएको हो । देशको राज्य स्वामित्वको ग्यास र पेट्रोलियम कम्पनी साउदी अराम्कोको मूल्य २० खर्ब डलर भन्दा बढी भएको अनुमान गरिएको छ । यदी यो अनुमान सही हो भने यो विश्वकै सर्वाधिक नाफायुक्त तेल कम्पनी हुनेछ ।

साउदी शाही परिवारको सर्वाधिक प्रभावशाली सदस्यमा किङ सलमान रहेका छन् । उनले २०१५ मा दिवंगत दाजु अबदुल्लाह बिन अब्दुलाजिज अल साउदको उत्तराधिकारीको रुपमा साउदीको सत्ता सम्हालेका हुन् ।गत वर्ष भ्रष्टाचारमाथिको कारबाही को प्रयास अन्तर्गत युवराजले देशकै धनी मानिसलाई उनको सम्पत्ति राज्यमा लगनी गर्नका लागि आग्रह गरेका थिए । यसमा धेरैजसो उनको आफ्नै नातेदारहरु पनि रहेका छन् । परिणाम स्वरुप फोब्र्सले १० साउदीलाई विश्वका अर्बपतिको सूचीबाट हाटाएको थियो ।

यो भ्रष्टाचार बिरोधी अभियानबाट देशले १०० अर्ब डलर भन्दा बढी रकम निकालेको दावी ्गरेको छ ।न्यूयोर्क टाइम्सका अनुसार साउदी राजकुमारले हालैमात्र ४५ करोड डलरको दा भिन्ची पेन्टिङ, ५० करोडको जहाज र ३० करोड डलरको फ्रान्सेली महल किनेको छ । उनले लन्डनमा दुईवटा घर पनि किनेका छन् र स्पेनको दक्षिण तटको परिसर पनि किनेका छन् ।

युवराजले आफ्नो सम्पत्ति व्यक्तिगत मामिला भएको र आफ्नो विलाशी जिवनशैलीप्रति कुनैपनि माफी माग्नु आवश्यक नभएको सीबीएस न्यूजसँगको अन्तर्वार्तामा बताएका छन् । “म गरिब होइन धनी मानिस हु । म गान्धी र नेल्सन मण्डेला होइन,” उनले भने । आपूm सत्तारुढ शाही परिवारको सदस्य भएको र यो साउदी अरेबियाको स्थापना हुनुपूर्व सैयौ वर्ष अगाडिदेखि अस्तित्वमा रहेको भनाई उनको थियो ।

आफ्नो सम्पत्तिको ठूलो हिस्सा परोपकारी काममा गएको दावी पनि उनले गरेका छन् । “मैले कम्तीमा पनि ५१ प्रतिशत अन्य मानिसका लागि खर्च गरेको छु र ४९ प्रतिशत मात्रै आफ्ना लागि खर्च गरेको छु,” राजकुमारले बताए ।एजेन्सि



प्रतिक्रिया दिनुहोस्