Logo

बाबुछोरी मिर्गौैला पीडित



बनियानी झापा, ४ भदौ । झापाको गौरादह नगरपालिका–९ का एक खनाल परिवारका बाबुछोरीको मिर्गौला खराब भएको छ ।

गौरादह–९ का बोधराज खनाल र उनकी छोरी ७ वर्षीया आयुशा खनाल दुवै मिर्गौलाले काम गर्न छाडेको हो । खनाल परिवार अहिले आर्थिक अभावका कारण समस्यामा परेका छन् । बोधराज रेडियो तथा टेलिभिजन मर्मतको काम गर्दै आएका छन।

“नातिनीको उपचार गर्नु कि छोराको ?”, जीवनको उत्तरार्धमा रहनुभएका बुबा भीमप्रसाद खनालले भक्कानिँदै भने, “भएको पैसा पनि सकियो, अब के गर्ने, के नगर्ने केही सोच्न सकेको छैन ।” आफ्नो छोरा र नातिनीको जीवन रक्षाका लागि उनले सहयोगको अपिल गरेका छन ।

गाउँमा रहेको आठ कट्ठा जमीन र एउटा सानो घरमा खनाल परिवार जीवन गुजारा गर्दैआएका छन् । “२०७१ सालमा बोधराजकी आमाको पनि मिर्गौलाकै समस्याका कारण मृत्यु भएको थियो”, भीमप्रसादले बताए। आर्थिक अभावमा गुज्रिरहेको खनाल परिवारलाई सहयोग गर्न सहयोगी हातहरुको खोजीमा छरछिमेकी र आफन्त पनि जुटेका छन् ।

बोधराजकी श्रीमती कमलाले आफ्नो श्रीमान् र छोरीलाई बचाररै छाड्ने अठोट गरेकी छन । “जस्तोसुकै पीर परे पनि धैर्यताले काम लिन सकिन्छ”, उनले आफ्नो पिडा पोखीन, “म हार मान्दिन ।” उनले नगरप्रमुख, वडाध्यक्षलगायत सबै गौरादहवासीलाई आग्रह गरेकी छन । रासस



प्रतिक्रिया दिनुहोस्