Logo

गुल्मीको स्वास्थ्य क्षेत्रमा स्थानीय तहले गरेका नमूना कार्य ।



गुल्मी ०४ भदौ । गुल्मीे जिल्लाका स्थानीय तहहरुले स्वास्थ्यको क्षेत्रमा नमूना कार्यको थालनी सुरु गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले गत २०७४ साल आश्विन १ गते चल–अचल सम्पत्ति सहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्त्रण गरिएको थियो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई हस्तान्त्रण गर्ने जिल्लाहरुमध्ये गुल्मी दोश्रो जिल्ला रहेको जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख उत्तमकुमार कोइरालाले जानकारी दिएका छन ।

साथै जनस्वास्थ्य कार्यालय प्रमुख कोइरालाले भने संघीयतामा स्वास्थ्य कार्यान्वयन गर्ने आफ्नो लागि पहिलो बर्ष भएकोले यो बर्ष सिकाई बर्ष भएको कारण आफूले धेरै सिक्ने अवसर प्राप्त भएको भन्दै स्थानीय तहले स्वास्थ्यको क्षेत्रमा केही नमूना कार्यको थालनी गरेको जानकारी गराएका छन ।

जिल्लाका सबै स्थानीय तहहरुमा सरुवा रोगको महामारीलाई तत्काल नियन्त्रण गरि मानवीय क्षतिलाई न्यूनीकरण गर्न स्वास्थ्य क्षेत्रमा आउने खतराहरुलाई तत्काल रोक्नको लागि यो कार्यक्रमको तयारी गरिएको जनाइएको छ । विपत व्यवस्थापनका लागि आवश्यक बफर स्टक औषधी सहित ईमरजेन्सी रुपमा प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्यचौकीबाट प्रतिनिधित्व हुने गरि सबै गाँउपालिका र नगरपालिकामा सामुदायिक रेपिट रेस्पोन्स टिम स्वास्थ्यकर्मीको समूह टोली गठन गरिएको पनि उनले बताए ।

गत आर्थिक बर्ष २०७४÷०७५मा गाँउपालिका र नगरपालिकाको पहलमा १० वटा र रेसुङ्गा हस्पिटलको पहलमा १ गरि जम्मा ११ वटा थप नयाँ बरथिङ सेन्टर सञ्चालनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका पब्लिक हेल्थ नर्स सुमन शर्माले बताइन ।

बरथिङ सेन्टर सञ्चालनले गर्दा घरमा सुत्केरी हुने महिलाहरुको संख्यामा कम भएको जनाईएको छ । स्वास्थ्यचौकीमा २४ घण्टा सेवा तथा उचित सुविधाहरु उपलब्ध हुनाले आमा र बच्चाको स्वास्थ्य सुरक्षित रहने उनले जानकारी गरकएका छन ।जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्यामा वृद्धि भएको नर्स सुमन शर्माले बताइन ।

स्वास्थ्यको पहँुच नपुगेको ठाँउमा स्वास्थ्यचौकी सरह नै सेवा तथा सुविधाहरु पु¥याउने हेतुले भौगोलिक रुपमा दुर्गम र अपायक स्थान भएको तथा बढि बस्ती भएको ठाँउमा जिल्लाका गाँउपालिकामा ११ वटा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको छ । साथै नगरपालिकामा ४ वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको पनि जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका हेल्थ असिस्टेन्ट पशुपति आचार्यले जानकारी गराए ।

पछिल्लो समयमा गाँउपालिका र नगरपालिकामा सामुदायिक स्वास्थ्य इकाई÷शहरी स्वास्थ्य केन्द्र सञ्चालन भएपछि स्वास्थ्य क्षेत्रमा प्रगति र सुधारका कारण जनताहरु खुशी भएको जनाईएको छ । यसको दिगो रुपमा विकास गर्न र निरन्तरता दिन गापा÷नपाले सोच्नु पर्ने भएकोले जन साधारणमा यसको माग बढेर आएको जनाईएको छ ।

स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्त्रण गरेपछि रुरु गाँउपालिकाको बलेटक्सार स्वास्थ्यचौकी र मुसिकोट नगरपालिकाको वामीटक्सार स्वास्थ्यचौकीमा जनताहरुको स्वास्थ्य परिक्षणमा थप सहजता ल्याउन २ वटा स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा व्यवस्था गरिएको जानकारी प्राप्त भएको छ । स्वास्थ्य सेवा सहजता थपिदिएको र छत्रकोट गाँउपालिकाले ४० बर्ष भन्दा माथिका जनताहरुलाई होल बढि स्वास्थ्य परीक्षण जस्ता उदाहरणीय र नमूना कार्यको थालनी गाँउपालिका र नगरपालिकाले गरेको जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख उत्तमकुमार कोइरालाले जानकारी बताए।

गुल्मी जिल्लाका स्वास्थ्य चौकीमा निरन्तर औषधी उपलब्ध रहेको तथा स्वास्थ्य चौकीमा कर्मचारी जनशक्तिको अभाव नभएको र स्थानीय तहको पहलमा विभिन्न स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिएको यस्ता कार्य पनि नमूना कार्यकोरहेको बताईएको छ ।

प्रत्येक गाँउपालिका र नगरपालिकामा एक÷एक वटा एम्वुलेन्स उपलव्ध रहेको र स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई थप सहजता भएको अव भने स्थानीय तहहरुमा स्वास्थ्यको क्षेत्रमा प्राविधिक पक्षहरुको केही अभाव हुनसक्ने जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख उत्तमकुमार कोइरालाले जानकारी दिए ।

साथै कोइरालाले भने जलवायु तथा वातावरणीय प्रदुषण र परिवर्तनले गर्दा मानव स्वास्थ्यमा नकरात्मक असर पारिरहेको हुदा अव वातावरणीय प्रदुषण फोहोर मैला नियन्त्रण र व्यवस्थापनमा ध्यान पु¥याउनु पर्ने भन्दै आम नागरिकहरु यसप्रति सचेत भई जनचेतना फैलाउने र वातावरणीय प्रर्यावरण सन्तुलन कायम राख्नमा ध्यान दिनु पर्ने कुरामा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्