Logo

महिला हिंसा बिरुद्द् कार्यक्रम



काठमाडौं, ४ भदौ । महिला हिंसा र बलात्कार बिरुद्द्को जनचेतनामुलक कार्यक्रम भाद्र १ गते शुक्रबार कुमारवर्तीी ईङ्ग्लिस स्कुल राजहर,देवचुली १४,नवलपुरमा सञ्चालन भएको छ।

कार्यक्रमको सभापतित्व ग्रहण कुमार्वती इङ्ग्लिस स्कुलको सञ्चालक निरञ्जन चौधरिले गरेका थिए । कार्यक्रमको प्रमुख अथित्यता ने।वि।संघ पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचन ०७३ कोसाध्यक्ष उमेदवार एवंम उक्त कार्यक्रमको संयोजक सदिक्षा आचार्य साथै अतिथि हरुमा शिक्षक प्रेम क्षेत्री, नारायण चौधरी,भोजराज पौडेल,बिमल पौडेल र शिक्षक भिम महोत रहेका थिए।

महिला हिंसा र वलत्कार विरुद्दको शिर्षक भएको उक्त कार्यक्रम कुमारवर्ती इङलिस स्कुलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमले विधार्थीहरुमा महिलामाथि हुने हिंसाको विरुद्ध एक हुनुपर्ने सन्देश दिएको र सो कार्यक्रम समाजको वेतिथी हटाउन निकै उदाहरणका रुपमा रहेको कार्यक्रम कि प्रमुख अतिथि सदिक्षा आचार्यले जानकारी गराईन।

बलात्कारको शिकार भएर ज्यानै गुमाएकाहरुको स्मृतिमा २ मिनेट मौन धारण गर्दै कार्यक्रम सामुदायिक टेलिभिजन मुकुन्दसेन टेलिभिजनले यो खबरलाई निकै गहकिलो तरिकाले प्रस्तुत गरेको महिला हिंसा र बलात्कार बिरुद्ध सचेतना साथै वक्तित्वकला प्रतियोगिता समेत रहेको उक्त कार्यक्रममा १५ जना विधार्थीले भाग लिएका थिए । वक्तित्वकला प्रतियोगिता बाहेक शिक्षक र विधार्थी गरेर लगभग १०० जनाको उपस्थिति रहेको र कार्यक्रममा थियो।

नयाँ मुलुकी ऐनको कार्यान्वयन सँगसँगै राखिएको उक्त कार्यक्रम निकै उदाहरणीय छ। समाज अनि देश बदल्न सदिच्छा आचार्यजीको जस्तै सोच हामी सबैको हुनुपर्ने नितान्त आवश्यक छ। देशमा दिनानुदिन बलात्कारको घटना बढिरहेका बेला उक्त कार्यक्रम निकै उदाहरणीय रहेको जनाईएको छ।



प्रतिक्रिया दिनुहोस्