Logo

‘धूम्रपानको कारण युरोपमा बर्सेनि ७० लाख मानिसले ज्यान गुमाउछन्’



काठमाडौं, ५ भदौ । पुरुषभन्दा बढी महिला धूम्रपानकर्ता भएको एउटै मात्र देश डेनमार्क हो । त्यहाँ १९ प्रतिशतभन्दा बढी महिलाहरू धूमपान गर्छन् भने धूमपान गर्ने पुरुषको प्रतिशत १८.९ छ।

उच्च संख्यामा महिला धूमपानकर्ताहरू युरोपमा छन् । तर महिला र पुरुष धूमपान कर्ताबीचको संख्यामा सानो अन्तर छ । धूमपानका प्रत्यक्ष र अप्रत्यक्ष प्रभावका कारणले बर्सेनि ७० लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार धूमपान गर्ने १ अर्ब १० करोड जनसंख्यामध्ये ८० प्रतिशत मानिसहरू कम तथा मध्यम आय भएका देशहरूमा बसोबास गर्छन् । ब्रिटिश अमेरिकन टोबाको नामक एउटा बहुराष्ट्रिय कम्पनीका अनुसार विश्व सुर्तीबजारको मूल्य ७ खर्ब ७० अर्ब डलर रहेको छ। बीबीसी



प्रतिक्रिया दिनुहोस्