Logo

फेरि बन्दैछ वत्सलाको मन्दिर



काठमाडौं, ५ भदौ । तीन वर्षअघि वैशाखमा गएको विनाशकारी भूकम्पमा काठमाण्डू उपत्यकाका धेरै पुरातात्त्विक संरचनाहरूमा क्षति पुग्यो।

भक्तपुर दरबारअगाडि रहेको वत्सलादेवीको कलात्मक मन्दिर पनि सो भूकम्पमा भत्कियो । ढुङ्गा प्रयोग गरेर शिखरशैलीमा बनाइएको सो मन्दिरको अहिले पुनर्निर्माण हुँदैछ ।

आवश्यक सामग्री र शिल्पीको अभाव भएकाले भत्किएका मन्दिर र अन्य संरचनाहरूको पुरानै शैली र स्वरूपमा पुनर्निर्माण गर्न विलम्ब भएको बताइन्छ । बीबीसी नेपाली



प्रतिक्रिया दिनुहोस्