Logo

चितवनका सुनचाँदी पसल आजपनि बन्द



चितवन, ६ भदौं। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आह्वान गरेको दुई दिने पसल बन्द कार्यक्रम अन्तरगत आज (बुधबार) पनि जिल्लाका सबै सुनचाँदी पसल बन्द भएको छ ।

माग बमोजिम सुन नपाएपछि संघ आन्दोलनमा उत्रिदै सम्पूर्ण पसल बन्द गराएको हो । संघका अध्यक्ष जीवनज्योति सदाशंकरले आन्दोलनका कार्यक्रम अन्तरगत आज पनि जिल्लाका सबै सुनचाँदी पसल बन्द गरेको र भोलिबाट नियमित रुपमा संचालनमा आउने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्