काठमाडौं ८ भदौ । काम नगर्ने ठेकेदारलाई जागाउने गरि सरकार अगाडी बढेको छ । गृहमन्त्री रामबहादुर थापाले ल्याएको योजना तुहिएको छ । ‘ काम नगर्ने ठकेदार तत्काल पक्राउ पर्छन । जेठ २४ गते गते गृह मन्त्री रामबहादुर थापाले एउटा कार्यक्रममा भने । ‘ढुक्क भएर काम गरे हुन्छ कसैले पक्राउ गरे मलाई आएर भन्नु’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले त्यसको दुईदिनमा जवाफ दिए । त्यसपछि गृहमन्त्रीको योजना अगाडी बढ्न सकेको छैन ।
भौतिक पूर्वाधार मन्त्रीले गृहमन्त्रीको योजनामा सहयोग होइन असहयोग गरेको देखिन्छ । ठेकेदार अनुगमन गर्न प्रधानमन्त्री मातहतमा रहेको निकाय पनि मौन छ । प्रधानमन्त्री मातहत रहेको यो सार्वजनिक खरिद अनुगमन कार्यालयको मुख्य काम विकास निर्माणदेखि ठेक्कापट्टाको लागत, डिजाइन, गुणस्तर,अनुगमन र समयमै काम नगर्नेलाई कारवाही गर्नु हो । तर त्यसले कुनै चासो दिएको छैन । विभागिय मन्त्रालयका रुपमा हरहेको पूर्वाधार मन्त्रालयले पनि कारवाही प्रक्रियाका विषयमा चासोदिको छैन ।
हाल देश भर १२ हजार पाँच सय निर्माण कम्पनिले सरकारबाट इजाजत लिएका छन । जसमध्ये ७ हजार मात्रै क्रियासिल छन् । तिमध्ये अधिकांश कामको अग्रीम पेश्की लिने तर समयमा काम नगर्नेहरु छन् । अब त्यस्ता ठेकेदार तथा कम्पनि उम्किन नसक्ने गृहमन्त्रीको दावी छ । ठेकेदार सांसद तथा मन्त्रीले हात पारेका ठेक्कापट्टामा वर्षौदेखि लापरवाही हुँदा पनि कारवाही भएको छैन ।वडा अध्यक्ष देखि प्रदेश तथा संघीय संसदमा गरी १ सय ८० जना भन्दा बढी ठेकेदारहरु सांसद छन् । संघीय संसदमा मात्रै ५ जना ठेकेदार छन् ।
संघीय समाजवादी फोरमका सांसद हरिनारायणप्रसाद रौनियारको पप्पु कन्सट्रक्सन कम्पनी देशभर १७ अर्बका १ सय ३१ आयोजना । तर कुनैपनि काम समयमा सकेको रेकर्ड छैन ।
रसुवाबाट प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेसका मोहन आचार्यको रसुवा निर्माण कम्पनीले पनि काम गरेको छैन । नेपाली कांग्रेस नुवाकोटबाट समानुपातिक सांसद बनेका बहादुर सिंह लामा ः १२ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्का लिएपनि काम भएको छैन । यी सहितका अरु थप नेतापनि छन् । कुनैपनि नेताले समयमा लिएको काम सकेका छैनन ।