Logo

के तपाईलाई खोकीको समस्या छ ? अपनाउनुहोस यी उपाए !



काठमाडौँ । खोकी पीडित बिरामीलाई सुरुमा महबाट बनाइने घरेलु औषधि वा अन्य सामान्य ओखती दिनु पर्ने सुझाव ब्रिटेनको नयाँ स्वास्थ्य निर्देशिकाले दिएको छ।

एन्टिबायोटिक्सले खोकी निको पार्न थोरै मात्र मद्दत गर्ने भएकोले चिकित्सकहरूले एन्टिबायोटिक्सको सिफारिस गरिहाल्न नहुने सुझाव दिइएको छ।धेरैजसो बिरामीहरूमा दुई वा तीनसाताभित्रै खोकी आफैँ निको हुँदै जाने गर्छ।

एन्टिबायोटिक्सको जथाभाबी प्रयोग गर्दा बिरामीलाई एन्टिबायोटिक्सले नछुने समस्या देखा पर्छ।त्यसैले एन्टिबायोटिक्स प्रतिरोधको समस्या कम गर्न डाक्टरहरूलाई यी नयाँ सुझावहरू दिइएको निर्देशिकामा भनिएको छ।एन्टिबायोटिक्सको अत्यधिक प्रयोगले कुनै पनि संक्रमणलाई निको हुन कठिन बनाइरहेको छ।

खोकी र घाँटी दुखाइ निको पार्न कागती, अदुवा र मह हालेको तातो पानी खाने घरेलु उपचार छ।ब्रिटेनको न्याशनल इन्स्टिच्युट फर हेल्थ एण्ड कियर एक्सिलेन्स ९एनआसीइ० र पब्लिक हेल्थ इंग्ल्याण्ड ९पिएचइ० ले यसका लागि नयाँ निर्देशिका प्रस्ताव गर्दै यो विधिले खोकीको लक्षण सुधार्न मद्दत गर्ने केही सीमित प्रमाणहरू रहेको बताएका छन्।

धेरै जसो खोकीहरू भाइरसका कारण लाग्छ जुन चाहिँ एन्टिबायोटिक्सले निको पार्न सक्दैन।यसअघिको अनुसन्धानले भने ब्रिटेनका ४८ प्रतिशत डाक्टरले खोकी वा ब्रोन्काइटिसका लागि एन्टिबायोटिक्स सुझाएको देखाएको थियो।

पिएचइकी सहायक निर्देशक डाक्टर सुजन हप्किन्सले एन्टिबायोटिक्सले प्रतिरोधी क्षमतामा पुर्‍याउने असर ठूलो समस्या भएकोले यसको प्रयोग घटाउन कदमहरू चाल्न आवश्यक भएको बताएकी छन्।

उनले यो नयाँ निर्देशिकाले डाक्टरहरूलाई एन्टिबायोटिक्स विरामीलाई सुझाउन कम गर्न मद्दत गर्ने र डाक्टरलाई देखाउनुअघि आफ्नो ख्याल आफैँ गर्न पनि बिरामीलाई प्रेरित गर्ने बताएकी हुन्।

यद्‌यपि उक्त निर्देशिकाले यदि अन्य गम्भीर रोगहरूका कारण खोकी लागेको भए चाहिँ एन्टिबायोटिक्स आवश्यक पर्नसक्न सुझाएको छ।एक वर्षभन्दा कम उमेरका बालबालिकालाई भने मह दिनु ठिक मानिँदैन।बीबीसी



प्रतिक्रिया दिनुहोस्