काठमाडौँ । पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई जेल भित्रै परिवारजनलाई भेट्न विषेश अनुमति दिइएको छ । रावलपिण्डीमा रहेको अदैला जेलमा शुक्रबार उहाँलाई भेट्न परिवारजनलाई अनुमति दिइएको अधिकारीहरुले जनाएका छन् ।
एउटै जेलमा रहेकी उनकी छोरी मार्याम नवाजलाई पनि जेलमै गएर परिवारजनले भेट्न पाउने व्यवस्था भएको समाचारमा जनाइएको छ ।
यसअघि गत बुधबार पुर्वप्रधानमन्त्री सरिफका भाइ तथा पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शेहबाज शरीफ र उनको परिवारका सदस्यहरूले बाबु छोरीलाई नै अदैला जेलमा भेट्ेको श्रोतले जानकारी गराएको छ ।
गत जुलाई ६ मा नवाज र मार्यामलाई अदालतको आदेशमा जेल चलान गरिएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका शरीफलाई १० बर्ष जेल सजाय तोकिएको छ भने ८० लाख पाउण्ड स्ट्रर्लिङ जरिवाना तिर्न आदेश दिइएको थियो । त्यसैगरी उनकी छोरी मार्यामलाई आठ बर्ष जेल सजाय र २० लाख पाउन्ड स्ट्रर्लिङ जरिवाना तोकिएको थियो । एजेन्सि