Logo

कमरेडको जनैपूणिर्मा: कुन्साङ कान्छा



काठमाडौं ।

कविता– कमरेडको जनैपूणिर्मा

हतारमा देखिन्छ्न कमरेड आज
आज जनैपूणिर्माको दिन हो
बाइसधाराको एउटा कुनामा
कमरेड रक्षाबन्धन बाध्न
दौडेर पुगेका छ्न ।

धागोको मुठा लिएर
आफ्नै गाउँको कामी बाहुन बनेको देखेर
कमरेड ओठ टोक्दै टाप कस्छन
बनारसमा आचार्य गरेको
बाहुनको खोजिमा कमरेडको बिहान बित्छ
पशुपतिको जोगि बस्ने अड्डामा
आफ्नै तल्ला घरे दमाई
सस्कृतको स्लोक भट्टाउदै देख्दा
बुर्लुक्क उफ्रेर भाग्छन कमरेड

हतारमा भएको कमरेड
दिउँसो ढिलो पुग्छ मार्क्सवादी स्कुलमा
हार्दिक होटलमा चलिरहेको
कम्युनिस्ट सेमिनारमा
ढिला पुग्दा
कमरेडको स्पस्टिकरण हुन्छ
जनै बान्न गाको ढिलो भो कमरेड
जनै बान्न हिड्दा कामी मात्रै भेटियो
ढिला भै त गो ।



प्रतिक्रिया दिनुहोस्