काठमाडौं ।
कविता–जनैको अन्तर्राष्ट्रिय गीत
हामीले कहाँ बुझेका रहेछौ जनैलाइ
यो सेतो डोरोको तागत के थाहा रहेछ हामिलाइ
सामान्तीको घाँटी काटदा काटदै
झापामा हामिले भुल्यौ जनै
जनयुद्ध भनियो
ब्रतबन्ध बहिष्कार गरियो
काटयौ हामीले लाखौं थान जनै
कमरेड खासमा त्यही भैगएछ गल्ती
जनै छ डोराभित्र लुकेको रहेछ
संविधान सभा
लोकतान्त्रिक गणतन्त्र
धर्म निरपेक्षता
संघीयता
समाजवाद
अहिले हामीले भने गरेको समृद्दी पनि
कमरेड खास यही भै गएछ गल्ती
हेर्नुस अन्तर्राष्ट्रिय गीत पनि
बिदेशीले बनाएका हुन
लेनिनवाद पनि साम्राज्यदीले लादेका हुन
खास तागत त जनैमा छ
ॐ भुर भुवस्वको मन्त्रमा छ
ऋषिहरुले त्यत्रो बनबास बसे
त्यत्रो महाभारत युद्ध भयो
रामले बनबास जानुपर्यो
अनि कैलासपति बन्नुपर्यो मृग
त्यहा कहाँ थियोे र जनैको कदर
खासमा यहीँ त भैगएछ गल्ती
गोसाइँकुण्डमा नुहाएर
एकथान जनै लगाउनु जति
पुण्य अरु केही छैन
जनैको तागत जति
कहाँ छ र तागत हाम्रो समाजवादमा
अ त
जनै त अन्तर्राष्ट्रिय गीत झै
खास कुरा रहेछ
कहाँ बुझ्यौ र हामीले जनैलाइ